back
CTIZAN AD

मान्छे तान्ने त्रिशुली, तीनवर्षमा कति तान्यो त ?

वि.सं.२०७६ साउन २६ आइतवार

759 

shares

२६ साउन, काठमाण्डौं । नारायणगढ मुग्लिङ सडक र पृथ्वी राजमार्गको मौवाखोलामा दुर्घटना भइरहन्छन् । त्यहाँ हुने अधिकांश दुर्घटनामा सवारी साधन सिधै त्रिशुलीमा खस्छन् । त्यहाँ खसेका सवारीसँगै खसेका धेरै मान्छे वेपत्ता भएका छन् । पूर्वगृहमन्त्री माधव घिमीरेलाई पनि २०७३ असोज ९ मा त्रिशुलीले नै बेपत्ता बनाएको हो । सवारी दूर्घटनाका यी तथ्यांक हेर्दा त्रिशुलीले धेरै मान्छे निलिसकेको छ ।

अघिल्लो दुई आवमा त्रिशुलीमा चितवन तर्फबाट ३३ वटा सवारी साधन त्रिशुलीमा खसे । भरतपुरको जुगेडीदेखि धादिङ सिमाना मौवाखोलासम्म भएको दुर्घटनामा ५१ जनाले ज्यान गुमाएका थिए ।

त्यस्तै जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार ०७४÷७५ मा १४ वटा गाडी नदीमा खसेका थिए भने २२ जनाको मृत्यु भएको थियो ।

त्यस्तै ०७५÷७६ मा १५ वटा गाडी त्रिशुलीमा खसेका थिए । त्यसमा २६ जनाले ज्यान गुमाएका थिए ।

साउनमा मात्रै चारवटा सवारी साधन त्रिशूलीमा खसेको पनि आइतबारको नागरिक दैनिकमा समाचार छ ।

०७३ भदौ १० गते रौतहटको गौरबाट आउँदै गरेको बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको थियो । २०७३ साउनदेखि माघसम्म मात्रै २१ वटा गाडी त्रिशूलीमा खसेको थियो ।

त्यस्तै २०७४ असार ९ गते पहिरो पन्छाउने क्रममा पहिरोले बगाएको प्रहरी भ्यान त्रिशुलीमा डुबेको थियो त्यो अहिलेसम्म वेपत्ता रहेको छ । उक्त घटनामा प्रहरी सहायक निरीक्षक सहित चार जनाको मृत्यु भएको थियो । आव २०७३ देखि अहिलेसम्म उक्त सडकखण्डमा एक सय ४१ सवारी दुर्घटनामा परेका छन् भने १०३ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७६ साउन २६ आइतवार १२:३४ मा प्रकाशित

र्वाचनको सबै तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

र्वाचनको सबै तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी...

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

काठमाडौँ । यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका...

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप...

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले...

मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

कञ्चनपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित...