back
CTIZAN AD

बकर इद

वि.सं.२०७६ साउन २७ सोमवार

909 

shares

बकर इदका अवसरमा मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी शुद्ध भएर मस्जिद तथा इदगाहमा नमाज पाठ गरेका छन् ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा यो पर्व मनाउने गरिन्छ । आज बिहानै नमाज पढिसकेपछि मुस्लिमहरूले एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरेका थिए । यसै अवसरमा आज बिहानै दरबारमार्ग्स्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेको थियो ।
नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले नमाज पाठसहितको ध्यान सकेपछि साथीभाइबीच शुभकामना साटासाट गरी कुर्वान ९बलि० दिने तयारी भइरहेको बताए । खसी, राँगो, भेडालगायत जनावरलाई बलि दिने मुस्लिम परम्परा छ ।“बलि दिएको जनावरको मासुलाई तीन भाग लगाई एक भाग गरीब एवं दीनदुःखीलाई बाँड्ने दोस्रो भाग पाहुनालाई दिने र तेस्रो एक भाग परिवारले भोजन गर्ने परम्परा छ”, उनले भने । हिजरी संवत् अनुसार १४३५ वर्षपहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ ।
इब्राहिमलाई तेरो नजीकको प्यारो चीज कुर्वानी दे भन्ने अल्लाहको आदेश भएपछि उनले आफ्नै छोरालाई कुर्वानी दिन तयार भएपछि अल्लाह आफैँ आएर परीक्षामा उत्तीर्ण भइस, यो भेडालाई बलिदान गर्न भनी आदेश दिनुभएको कथा मुस्लिम समुदायमा प्रचलित छ । इद सोमबारदेखि बुधबारसम्म तीन दिन मनाइन्छ । बुधबार सूर्यास्तअघि नै मुस्लिम धर्मावलम्बीले बलि दिइसक्नुुपर्ने धार्मिक मान्यता छ । यो पर्वलाई इदुल जोहाका नामले समेत चिनिन्छ ।यस पर्वका अवसरमा प्रदेश नं २ र ५ सरकारले सार्वजनिक बिदा दिएका छन् ।

वि.सं.२०७६ साउन २७ सोमवार १४:४८ मा प्रकाशित

र्वाचनको सबै तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

र्वाचनको सबै तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी...

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

काठमाडौँ । यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका...

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप...

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले...

मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

कञ्चनपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित...