back
CTIZAN AD

एनआरएनए म्याड्रिडले भव्यरुपमा तिज मनाउँदैं

वि.सं.२०७६ साउन २७ सोमवार

855 

shares

एनआरएनए म्याड्रिडले नेपाली नारीहरुको महान् चाड हरितालिका तीजको अवसर पारेर भव्य कार्यक्रमको आयोजना गर्दैछ ।

संघले म्याड्रिडबासी नेपाली महिला दिदीबहिनीलाई तिज कार्यक्रमबारे जानकारी दिँदै कार्यक्रमले विदेशी भूमिमा नेपालीपनको आभाष गराई, महिला दिदीबहिनीबिचको गहिरो सम्बन्धलाई मजबुद गराउने एक आपसमा दुःख सुखका क्षणहरु साटासाट गर्ने मौका प्रदान गर्ने छ भन्ने आसा संघले राखेको छ ।

प्रथमपटक आयोजित उक्त तिज कार्यक्रम सेप्टेम्बर १ मा हुन लागेको आयोजकले जनाएका छन् ।

त्यस्तै संघले नेपाली दिदीबहिनीहरुलाई म्याड्रिडवासी दाजुभाईहरुको अनमोल उपहार स्वरुप प्रवेश र खाना निःशूल्क गर्ने योजना रहेको जानकारी समेत दिएको छ ।

संघले म्याड्रिड तथा अन्य सहरमा रहने सम्पूर्ण नेपाली जनसमुदायलाई यस सूचनाद्वारा चुल्हे निम्तो गरेको समेत जनाएको छ ।

पुरुष दाजुभाईहरुलाई सुलभ शूल्कको व्यवस्था गर्ने जनाएको संघले विभिन्न प्रतियोगिता समेत राखेको छ ।


प्रतियोगिताहरु
१ तीज नृत्य प्रतियोगिता
२ बाल नृत्य प्रतियोगिता
३ उत्कृष्ट नेपाली पहिरनलाई पुरस्कार
४तीज गीत प्रतियोगिता
५ दर खाने कार्यक्रम र सङ्गितमय वातावरण
नृत्य र गीतको लागि नाम टिपाउन साथै थप जानकारीको लागि महिला संयोजक सनिसा गुरुङ्गलाई सम्पर्क गर्न समेत संघले अनुरोध गरेको छ ।

पुरूषहरुको लागि शूल्क तथा कार्यक्रम स्थानको बारेमा शीघ्र जानकारी गराउने पनि संघले जनाएको छ ।

वि.सं.२०७६ साउन २७ सोमवार १५:२१ मा प्रकाशित