back
CTIZAN AD

बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै

वि.सं.२०८२ चैत ५ बिहीवार

285 

shares

गलकोट (बागलुङ) । बागलुङमा आधा अर्ब लागतमा साना–ठूला ११ सडक आयोजना धमाधम स्तरोन्नति भइरहेका छन् ।

सडक डिभिजन कार्यालयअन्तर्गत रु दुई करोडदेखि २५ करोडसम्मका ११ सडक स्तरोन्नति भइरहेका जिल्ला सडक डिभिजन कार्यालयले जनाएको छ ।

२०७९ सालमा ठेक्का सम्झौता भएको गलकोट नगरपालिकाको हरिचौर–मल्म–पाण्डवखानी–रमुवा–भिमगिठे–निसीखोला सडक रु २५ करोड लागतमा कालोपत्रका लागि स्तरोन्नति अन्तिम चरणमा पुगेको हो । कार्यालयबाट सञ्चालित सबैभन्दा ठूलो योजनाको रुपमा रहेको उक्त सडकको भौतिक प्रगति ७० प्रतिशत रहेको छ । अन्य १० सडक भने २०८१ यता मात्रै सम्झौता गरेका सडक हुन् ।

जिल्लाभर सडक डिभिजन कार्यालयमार्फत रु ४९ करोड ५४ लाखका ११ सडकको स्तरोन्नति भइरहेको डिभिजन सडक कार्यालय बागलुङका प्रमुख हरी सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार अन्य योजना २०८१ पछिको सम्झौता भए पनि हरिचौर–मल्म–पाण्डवखानी सडक कालोपत्रमा ढिलाइ भइरहेको छ ।

पाखुते–बायोखोला–झिम्पा–निसी सडकखण्डमा पहिरो पन्छाउने, सडक खन्ने तथा सडक स्तरोन्नतिको काम भइरहेको छ । एक करोड ५८ लाखको लागतमा एमएस इन्द्रेणी जावला जेभीसँग सम्झौता भएर काम भइरहेको छ । उक्त सडकको भौतिक प्रगति ५५ प्रतिशत रहेको छ ।

गलकोट नगरपालिका–१० स्थित रणसिंहकिटेनी दोभानदेखि रामुवा सडकखण्डमा रु एक करोड ३२ लाखमा एमएसकोण्डा सर्वसिद्धी जेभीसँग २०८२ मङ्सिरमा ठेक्का सम्झौता गरी धमाधम स्तरोन्नतिको काम सुरु गरिएको छ ।

अछेते–मुल्ठाना–सिम सडक स्तरोन्नतिका लागि रु दुई करोड ११ लाखमा ठेक्का सम्झौता गरी काम अघिबढेको छ । हालै सुरु गरिएको उक्त सडकको भौतिक प्रगति ५५ प्रतिशत रहेको छ । फलेवास नगरपालिकाको दुल्लेबेँसी–अमरपुरी–दरौदी–सुन्तलाचौर सडक सुधारका लागि करिब रु दुई करोड ४३ लाखमा धमाधम सडक स्तरोन्नति भइरहेको छ । उक्त सडकको प्रगति ६० प्रतिशत पुगेको छ । उक्त सडक २०८३ असारमा हस्तान्तरण भइसक्नुपर्ने हुन्छ ।

आदर्श प्रावि डाँडाथरदेखि स्यालपाखा हुँदै भैरवस्थान जोड्ने सडकमा समेत स्तरोन्नतिको काम भइरहेको छ । रु दुई करोड १७ लाख लागतमा उक्त सडकको काम ५४ प्रतिशत सम्पन्न भइसकेको हो । मङ्गलीखोला–धाम्जा–बेलढुङ्गा–म्याग्दी सडक रु दुई करोड २९ लाखमा ठेक्का २०८२ पुसमा सम्झौता गरी सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

बाङ्गेचौर–उपल्लाचौर सडक सुधारका लागि रु छ करोड ७२ लाखमा २०८१ माघमा सम्झौता गरी स्तरोन्नति भएर कालोपत्रको चरणमा पुगेको छ । उक्त सडक कालोपत्र गर्न ग्राभेल गर्ने तयारी भइरहेको छ । बागलुङ नगरपालिका–३ रात्माटा–कोलको–घुम्ती–रिठाबोट–पाखाथर हुँदै कुँडुले जोड्ने सडकमा रु दुई करोड २५ लाखको लागतमा ५५ प्रतिशत सडक स्तरोन्नति, बागलुङको डोठेतालदेखि राम्तोला सम्मको सडक दुई चरणमा रु पाँच करोड ५० लाखमा स्तरोन्नति भइरहेको छ ।

वि.सं.२०८२ चैत ५ बिहीवार १०:४५ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...