back
CTIZAN AD

एघार महीनाभित्र काठमाडौँलाई सुन्दर नगर बनाइने

वि.सं.२०७६ साउन २८ मंगलवार

825 

shares

२८ साउन, काठमाडौँ । सरकारले आगामी १० वर्षभित्र १५ हजार किलोमिटर नयाँ सडक निर्माण गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आज आयोजित साक्षात्कारमा मन्त्रालय दुई हजार ८०० किलोमिटर रेलमार्ग बनाउने योजनाका साथ लागिपरेको उल्लेख गर्दै आगामी ११ महीनाभित्र काठमाडौँ उपत्यकालाई सुन्दर नगरका रुपमा विकास गर्ने बताए ।

उनले काँकडभिट्टा–गड्डाचौकी–काठमाडौँ, भैरहवा तथा मुख्यमुख्य शहर जोड्ने रेलसेवा सञ्चालनका लागि डिपिआर तयार भइसकेको र विद्युतीय रेलमार्गको प्रारम्भिक अध्यययनको काम शुरु भइसकेको बताए । यस वर्षको गत असार २४ गतेसम्म छ, चार र दुई लेनका ९१५ किलोमिटर सडक निर्माण भएका र २४३ विभिन्न खाले पुल निर्माण कार्य पूरा भएको उनले जानकारी दिए ।
मन्त्री महासेठले आगामी दुई वर्षभित्र समुद्रमा नेपालको लोगोसहितको पानीजहाज सञ्चालन तथा क्रसबोर्डर रेलसेवा सञ्चालनका लागि भारतसँग सम्झौता भइसकेको बताए । उनले काठमाडौँ उपत्यकामा यात्रीमैत्री, अपाङ्गमैत्री, ज्येष्ठ नागरिकमैत्री ६०० वटा विद्युतीय बस खरीद प्रक्रिया भइरहेको र यसका लागि रु ३०० करोड भुक्तानी भइसकेको जानकारी दिए ।

वि.सं.२०७६ साउन २८ मंगलवार ०९:२६ मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समानुपातिकमा एक करोड चार लाख मतगणना

समानुपातिकमा एक करोड चार लाख मतगणना

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड चार...

सुनचाँदीकोे मूल्य बढ्यो

सुनचाँदीकोे मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।...