back
CTIZAN AD

आत्महत्या गर्नु अघि पुडासैनीले भनेका थिए- ‘रवि दाई आज नभए भोली तपाईको पापको घडा भरिनेछ’

वि.सं.२०७६ साउन २९ बुधवार

1.2K 

shares

२९ साउन, काठमाण्डौं । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेको १० दिन पुगिसकेको छ ।

नुवाकोट बेलकोटगढी ३ का पुडासैनी चितवनको नारायणगढस्थित बसपार्कस्थित कंगारु होटलको कोठामा २० साउनमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

संचारकर्मी रवि लामिछानेसँग केही समय काम गरेका उनले त्यसपछि माउन्टेन टेलिभिजनमा कार्यरत रहेका उनले मर्नुभन्दा अघि भिडियो र अडियोमा आफूले आत्महत्या गर्नु परेको कारण खुलाएको बुधबारको जनआस्था साप्ताहिकले लेखेको छ ।

पत्रकार पुडासैनीले रवि लामिछानेको टिमसँगै न्युज ट्वान्टी फोरमा काम गर्दा बल्ल बल्ल १८ हजार तलब पाएको, त्यहिपनि थोत्रो मोटरसाइकल बनाउँदा महिनामा ४–५ हजार खर्च हुने, कोठाभाडा, खाना पनि त्यसैले पुर्याउनुपर्ने भन्दै श्रीमतीलाई सम्बोधन गर्दै बोलेको उक्त भिडियो टेपमा भनेका छन् ‘मलाई रवि लामिछाने र युवराज कँडेलले पछिल्लोपटक धेरै टर्चर दिए । तर्साएर वेलकम विज्ञापन ऐजेन्सीमार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाहरुबाट करोडौं कमाउने तर, रातदिन काम लगाई मलाई कम मात्र पैसा दिने । कराउँदा कराउँदा १८ हजार तलब पुर्याए । थोत्रो मोटरसाइकलको मर्मतमै मासिक ४–५ हजार खर्च हुने, कोठा भाडा, यताउता सबै त्यसैले पुर्याउनु पर्ने । प्यारी सम्झना मैले कसरी सक्नु ।’ उनले श्रीमतीको उमेर २२–२३ वर्ष भएको भन्दै उनलाई अर्को विवाह गर्न सल्लाह पनि दिएका छन् ।

उनले पत्रकार लामिछानेलाई सम्बोधन गर्दै आफूलाई मर्न बाध्य बनाएकोमा पाप लाग्ने भन्दै भनेका छन्, ‘केही दिनदुःखीको उद्धार पनि गर्नु भयो, तर, अरुको प्रगति देख्न सक्नु भएन । दुनियाँलाई थर्काउनु भयो । ढिलो चाँडो दुनियाँले तपाईको असली रुप देख्नेछ । मसँग प्रमाण छन् । आज नभए भोली तपाईको पापको घडा भरिने छ । तँ अब फसिस, भन्दै मलाई मर्न बाध्य पारेकोमा तपाईलाई त्यो पापले पोल्नेछ । ’

पुडासैनीले आफूले न्यूज ट्वान्टी फोर छाड्न खोज्दा रवि र दिपकले त्यसो नगर्न भन्दै बरु डिपेन्डेड भिसामा अष्ट्रेलिया पठाइदिन्छौ भन्दै रालुका गाविस ओखलढुंगाकी केटी …. को पछि लगाइदिएको पनि भिडियोमा बताएका छन् ।

‘त्यहि केटीलाई मैले बीपी स्मृति हस्पिटल बसुन्धरामा जागिर लगाईदिए । पुतलीसडकको कन्सल्ट्यान्सीमा पनि बिहान बिहान पुर्याइदिए । पछि उसले खाते भन्दै मलाई हेप्न थाली, म उसबाट टाढिँदै गए । त्यहि क्रममा मैले न्यूज टवान्टी फोर छाँडे । त्यसबापत मलाई उहाँहरुले त्यहि केटीलाई बलात्कार गरेको भनेर फसाउने षडयन्त्र गर्नुभयो । त्यसकारण म अब यस संसारमा यसैगरी बाँचिरहन चाहान्न ।’ पुडासैनीले उक्त भिडियोमा भनेका छन् ।

वि.सं.२०७६ साउन २९ बुधवार ०८:४० मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...