back
CTIZAN AD

प्रवासीको सहयोगमा खरीद गरेको एम्बुलेन्स, सञ्चालनमा ल्याउने तयारी

वि.सं.२०७६ साउन ३० बिहीवार

825 

shares


३० साउन, बागलुङ । नेदरल्याण्डसमा रहेका बागलुङेको सहयोगमा नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाले एम्बुलेन्ससहित स्वास्थ्य उपकरण खरीद गरेको छ ।

प्रवासी नेपालीको सहयोग खरिद गरेको एम्बुलेन्स केही दिनभित्रै सञ्चालनमा ल्याउने तयारी भएको र रक्तसञ्चार केन्द्रका लागि पनि उपकरण आइसकेको शाखाका उपसभापति राजेन्द्र आचार्यले बताए।

“लेखानी, बिहुँलगायतका क्षेत्रबाट नेदरल्याण्डस पुग्नुभएका बागलुङवासी यसमा जोडिएका छन्”, उनले भने । लेखानी घर भएका गैर आवसीय नेपाली सङ्घ (एनआरएनए) का सदस्य थानेश्वर कँडेलको विशेष अगुवाइमा यसका लागि नेदरल्याण्डसमा सहयोग अभियान चलेको थियो । सङ्घमा आबद्धसहित अन्य सहयोगीबाट गरी झण्डै रु ३७ लाख सङ्कलन भएको जनाइएको छ । उक्त रकममध्ये रु २१ लाख शाखालाई प्राप्त भइसकेको उपसभापति आचार्यले बताए।

“एम्बुलेन्स खरीदमा झण्डै रु ११ लाख खर्च भएको छ, बाँकी रकमबाट रक्तसञ्चार केन्द्रमा उपकरण खरीद र जडानको काम भइरहेको छ”, उनले भने । नेदरल्याण्डसबाट आउन बाँकी रकम पनि रक्तसञ्चार केन्द्रकै स्तर सुधारमा खर्च हुनेछ ।

नयाँ एम्बुलेन्स आएपछि तीन वर्षदेखि रोकिएको सेवा सञ्चालन हुने भएको छ । शाखामा भएका पुराना एम्बुलेन्स काम नलाग्ने भएपछि थन्किएका थिए । आउँदा दिनमा व्यवस्थित र प्रभावकारीरुपमा एम्बुलेन्स सेवा सञ्चालन गरिने शाखाले जनाएको छ ।

त्यस्तै अत्याधुनिक उपकरणको जडानले रक्तसञ्चार केन्द्रको सेवा पनि स्तरीय हुने छ । रोजगार र अध्ययनको सिलसिलामा प्रवासमा रहेका नेपालीले एम्बुलेन्स किन्न गरेको सहयोग अतुलनीय रहेको उपसभापति आचार्यको भनाइ छ । (रासस)

वि.सं.२०७६ साउन ३० बिहीवार १५:४१ मा प्रकाशित

पाल्पामा सवारी दुर्घटना, एक जनाको मृत्यु

पाल्पामा सवारी दुर्घटना, एक जनाको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका–२ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा...

काठले च्यापिएर एक जनाको मृत्यु

काठले च्यापिएर एक जनाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) । जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले...

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटन (बागलुङ) । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक...

बेनी-ढोरपाटन-तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

बेनी-ढोरपाटन-तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

मुना (म्याग्दी) । गण्डकी प्रदेशको बेनी–ढोरपाटन हुँदै लुम्बिनी प्रदेशको तकसेरा...

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

दमौली (तनहुँ) । व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा...

पशु क्षति भएका कृषकलाई रु १० लाख राहत

पशु क्षति भएका कृषकलाई रु १० लाख राहत

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पशु बिमा कार्यक्रमअन्तर्गत कृषकलाई...