back
CTIZAN AD

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

वि.सं.२०८२ चैत १ आइतवार

483 

shares

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अवधिका लागि तय गरिएको लक्ष्यको ८० दशमलव ४३ प्रतिशत हो ।

कार्यालयका प्रमुख करअधिकृत गोपालबहादुर थापाका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म रु तीन अर्ब ३६ करोड ४१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । फागुनमा मात्र रु ४४ करोड ५० लाख ८३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ५७ दशमलव १७ प्रतिशत मात्र सङ्कलन भएको उहाँले जानकारी दिए ।

कार्यालयका अनुसार आठ महिनामा आयकरबाट रु एक अर्ब २४ करोड ८२ लाख ४४ हजार, मूल्य अभिवृद्धि करबाट रु ९७ करोड ३२ लाख १८ हजार तथा अन्तःशुल्कबाट रु ३६ करोड ७० लाख ५३ हजार राजस्व सङ्कलन भएको छ ।

प्रमुख करअधिकृत थापाले गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण पछिल्लो समय बजार अनुगमनलगायत गतिविधि प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताए । लक्ष्य हासिल गर्न बजार अनुगमनलाई निरन्तरता दिने र करदातामुखी व्यवहारिक करशिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

वि.सं.२०८२ चैत १ आइतवार १६:२८ मा प्रकाशित

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...