back
CTIZAN AD

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

वि.सं.२०७६ भदौ ४ बुधवार

774 

shares

४ भदौ, नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकास्थित स्वास्थ्यचौकीमा अहिले सेवाग्राहीको चाप थामिनसक्नु भएको छ । दुई वर्षअघिसम्म वर्षमा नौ हजार बिरामी आउने सो स्वास्थ्य केन्द्रमा प्रयोगशालासहितको उपचार सेवा निःशुल्क भएपछि वार्षिक २४ हजार बिरामी उपचारका लागि आउने गरेका छन् ।
स्थानीय तह गठनपछि सो गाउँपालिकाले आफ्नो मातहतको स्वास्थ्यचौकीमा २०७४ फागुनदेखि निःशुल्क प्रयोगशालासहितको उपचार सेवा उपलब्ध गराउँदै आएकाले सेवाग्राहीको चाप बढेको जनाइएको छ । स्वास्थ्यचौकीका प्रमुख हेमन्त शर्माका अनुसार निःशुल्क प्रयोगशाला सञ्चालन भएसँगै स्वास्थ्यचौकीमा बिरामीको सङ्ख्या झण्डै तीन गुणाले बढेकाले बिरामीको उपचारका लागि छ स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले यस स्वास्थ्यचौकीका लागि छिट्टै एक चिकित्सक पनि थपिने बताए ।
उक्त स्वास्थ्यचौकीले निःशुल्क प्रयोगशाला र उपचार सेवा सञ्चालन गरेपछि गाउँपालिका तथा आसपासका नागरिकलाई अब सामान्य स्वास्थ्य उपचारका लागि पनि सदरमुकाम नेपालगञ्ज धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।(रासस)

वि.सं.२०७६ भदौ ४ बुधवार १३:१५ मा प्रकाशित

दाङमा साढे १० हजार बढी मत बदर

दाङमा साढे १० हजार बढी मत बदर

दाङ । दाङमा साढे १० हजार बढी मत बदर भएको...

लमजुङमा कांग्रेसको अग्रता

लमजुङमा कांग्रेसको अग्रता

लमजुङ । एकमात्रै सङ्घीय निर्वाचन क्षेत्र रहेको लमजुङमा नेपाली कांग्रेसले...

बाँकेमा किरियापुत्रीद्वारा मतदान

बाँकेमा किरियापुत्रीद्वारा मतदान

खजुरा, (बाँके) । नेपालगञ्ज उपमहानगरपालिका–७ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको...

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

भैरहवा (रुपन्देह) । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित...

भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद

भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा । रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका...

दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

गुल्मी । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा...