back
CTIZAN AD

एकता समाजद्वारा पिडीत थाम्सुहाँङलाई आर्थिक सहयोग

वि.सं.२०७६ भदौ ५ बिहीवार

801 

shares


५ भाद्र, कतार । कतार नेपाली एकता समाज साहानीया एरीया समितिद्धारा आर्थिक सहयोग संकलन गरी टिटानस् पिडित सुजन थाम्सुहाँँङ लिम्बुलाई सहयोग गरेको छ ।
पाँचथर जिल्ला फालेलुङ गाउँपालीकाका धनरुप थाम्सुहाँङ का ११ वर्षिय छोरा सुजन थाम्सुहाँङ लिम्बुको काम गर्ने क्रममा लडेर टाउकोको चल्नीमा रड भासिएर अप्रेशन गर्नुपर्ने भएकोले आर्थिक अवस्था जटील रहेको हुँदा उक्त विरामीको थप उपचारका लागी कतार नेपाली एकता समाजले ५४ हजार एक सय छ रुपैंया सहयोग गरेको छ ।
आर्थिक संकलन अभियानमा सहयोग पु्याउनु हुने मनकुमार योङहाङ्ग, पुर्ण कुमार जबेगु, निमा शेर्पा, होम बहादुर मगर, रोशन लिम्बु, विष्णु कुमार जबेगुलाई कतार नेपाली एकता समाजका अध्यक्ष प्रिजल राईले सबै कर्मठ र सहयोगी साथीहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

वि.सं.२०७६ भदौ ५ बिहीवार १७:०४ मा प्रकाशित