back
CTIZAN AD

उपकुलपति भण्डारीले धम्की दिएको भन्दै डाक्टरहरु आन्दोलित

वि.सं.२०७६ भदौ ५ बिहीवार

858 

shares

५ भाद्र, घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर आन्दोलित भएका छन् ।
उपकुलपति डा सङ्गीता भण्डारीले डाक्टरलाई बिना कारण प्रतिष्ठानबाट निकाल्न खोजेको भन्दै त्यहाँ कार्यरत सबै डाक्टर आन्दोलित भएका हुन् ।

उपकुलपति भण्डारीले स्वतःस्फूर्तरुपमा डाक्टरलाई बिरामी जाँच्न नदिने, पटकपटक धम्की दिने, विनाकारण स्पष्टीकरण सोध्ने मानसिक तनाव दिने जस्ता कार्य गरेको भन्दै उनहरु आन्दोलित भएका हुन् । आज बिहानैदेखि डाक्टरले अस्पतालमा बिरामी जाँच नगरी अस्पतालका प्रवेशद्वारामा धर्ना दिएर उपकुलपतिको विरुद्धमा आन्दोलन गरेका थिए ।

तत्कालीन उपक्षेत्रीय अस्पताल, प्रतिष्ठान बनेपछि उपकुलपति भण्डारीकै नेतृत्वले नियुक्त गरेका डाक्टर अहिले अस्पतालमा कार्यरत छन् । तर उपकुलपति र रजिष्टार रामप्रसाद प्याकुरेलले विनाकारण निकाल्न खोजेपछि आफूहरु आन्दोलनमा उत्रिएको डाक्टरले बताएका छन् । सबै डाक्टर आन्दोलनमा उत्रेपछि बिरामी अलपत्र परेका छन् । बिरामीको आग्रहमा डाक्टरले आज दुई घण्टा मात्रै उपचारमा खटिएको बताइएको छ ।

प्रतिष्ठानमा कार्यरत मेडिकल अफिसर डा मनोज यादवलाई प्रतिष्ठानका उपकुलपति डा संगीता भण्डारीले निकालेपछि उनीसँगै ११ जनाभन्दा बढी विशेषज्ञ डाक्टर आन्दोलित बनेका डाक्टरको भनाइ छ । डा यादवले बिरामीको ल्याब टेष्टका लागि प्रतिष्ठान बाहिर पठाएको भन्दै उपकुलपतिले डा यादवलाई भोलिदेखि नै अस्पतालमा नआउन भनेको बुझिएको छ ।

उपकुलपतिले डाक्टरलाई आजै निकाल्ने, भोलि नै निकाल्ने भन्दै बारम्बार धम्की दिने गरेको डाक्टर यादवले बताउनुभयो । उपकुलपति भण्डारीले कामबाट निकाल्ने, अनुभव पत्र नदिने, नेपालमा जागिर खान नमिल्ने गरी निकाल्ने जस्ता धम्की दिएर मानसिक तनाव दिने गरेको पाइएको छ ।

डा मनोज यादव जिल्लाकै राम्रो डाक्टरका रुपमा परिचित बन्दै आएका छन् । राम्रो डाक्टरलाई निकाल्न खोजेर उपकुलपतिले प्रतिष्ठानलाई नै धरासायी बनाउन खोजेको बिरामीले बताउँछन् । उपकुलपति भण्डारी र रजिस्टारले प्रतिष्ठानमा मनपरी गरेको त्यहाँका कर्मचारी, स्वास्थ्यकर्मी र सेवाग्राहीले बताउँदै आएका छन् ।

अहिले त्यहाँ कार्यरत डाक्टर र उपकुलपति, रजिस्टारबीच वार्ता भए पनि त्यो निकर्षमा पुग्न नसक्दा डाक्टरले प्रतिष्ठानको विरुद्धमा विज्ञप्ति निकाल्ने तयारी गरिरहेको बुझिएको छ । रासस

वि.सं.२०७६ भदौ ५ बिहीवार १९:०७ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...