६ भाद्र, काठमाडौँ । प्रेमसागर फाउण्डेसन नेपालले संचालन गरेको जनभोजन कार्यक्रमलाई जनता बैंकले २ लाख रुपैँया आर्थिक सहयोग गरेको छ ।
जनभोजन कार्यक्रमको कार्यालय दामेचौर, धादिङमा भएको एक कार्यक्रममा जनता बैंकका तर्फबाट फाउन्डेसनका उपाध्यक्ष डा. प्रेमराज ढुङ्गेललाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
सो फाउण्डेसनद्धारा संचालित जनभोजन कार्यक्रमले दैनिक ५ सय बालबालिका र करिब १ सय जना बृद्ध आमाबुवाहरुलाई दैनिक बिहानको खाना खुवाउँदै आएको बताइएको छ । साथै धादिङ र मकवानपुरका केहि विद्यालयका करिब १५ सय विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था गर्दै लगभग रु. ५० हजारको रकम बराबरको बिहानी खाना र दिबा खाजाको कर्याक्रम संचालन गर्दै आएको फाउण्डेसनले उक्त कार्यक्रममा जनाएको छ ।
धादिङ र मकवानपुरको सिमानामा पर्ने तसर्पु आसपासमा रहेका विपन्न बस्तिलाई लक्षित गरी करिब १० बर्ष अगाडी देखि प्रेम सागर फाउण्डेसनले बिद्यालय जाने बालबालिकालाइ पोषणयुक्त खाद्य वितरण गर्दै आएको छ ।
वि.सं.२०७६ भदौ ६ शुक्रवार ११:३७ मा प्रकाशित






























