back
CTIZAN AD

प्रधानमन्त्रीको प्लाज्माफेरेसिस शुरु, स्वास्थ्य अवस्था सामान्य

वि.सं.२०७६ भदौ ८ आइतवार

831 

shares


८ भाद्र, काठमाडौँ । उपचारको सिलसिलामा सिङ्गापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको जनाइएको छ ।
सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका उनमा गत शुक्रबार प्लाज्माफेरेसिस प्रक्रिया शुरु गरिएको प्रधानमन्त्रीका निजी चिकित्सक प्राध्यापक डा दिव्यासिंह शाहलाई उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए।

रगतमा रहेका एण्टीवडीजस्ता हानिकारक तत्व हटाइने यो प्रक्रिया आज र अझ केही दिन निरन्तर रहने छ । उनको उपचार उक्त अस्पतालका विज्ञ चिकित्सकका साथै नेपाली चिकित्सकबाट समेत हुने बताइएको छ । प्रधानमन्त्री ओली मिर्गौला सम्बन्धी उपचारको सिलसिलामा यही भदौ ५ गते सिङ्गापुर प्रस्थान गरेका थिए। यसअघि उनी गत साउन १८ गते सिङ्गापुरको सोही अस्पतालमा उपचार गराइ सुधार भएपछि साउन २७ गते स्वदेश फर्किएका थिए।

केही दिनअघि रगतमा एण्टीवडीको मात्रा देखिएपछि उनको मिर्गौलाको क्षमता अभिवृद्घिका लागि पुनः सिङ्गापुर गएका हुन् । प्रधानमन्त्रीको साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा शाह, स्वकीय सचिव राजेश बज्राचार्यलगायत हुनुहुन्छ । (रासस)

वि.सं.२०७६ भदौ ८ आइतवार १३:३५ मा प्रकाशित

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२...

 कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि

 कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि

लन्डन । कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीले आफ्ना...

इरानी ‘आणविक प्रतिष्ठानमा आक्रमण भएको कुनै सङ्केत छैन’ : आइएइए

इरानी ‘आणविक प्रतिष्ठानमा आक्रमण भएको कुनै सङ्केत छैन’ : आइएइए

भियना । अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए) उनको एजेन्सीले इरानमा...

निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन...

बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने

बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा...