back

आज कुशे औशी,बाबुको मुख हेर्ने पर्ब मनाइदै

वि.सं.२०७६ भदौ १३ शुक्रवार

234 

shares

१३ भदौ, काठमाडौं । भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ ।

सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्‍याउने गर्छन् ।

कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् । कुशको पूजा आजा गरी छेदन गरेर घरघरमा भित्र्याइने दिन भएकाले वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुसेऔंसी भन्ने गरिएको हो ।

त्यस्तै आजकै दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवससमेत भनिन्छ ।

आजका दिन बाबु नहुनेहरू भने काठमाडौँको उत्तरपूर्वी भेगस्थित वाग्मती, चन्द्रमती र सूर्यमती नदीका संगमस्थलस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थमा गई बाबुका नाममा तर्पण र श्राद्ध गरी सिदा दानसमेत गर्ने गर्छन् । रसुवाको वेत्रावतीमा समेत आज दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गर्ने गरिन्छ ।

पितृदेवो भवः भन्ने शास्त्रीय वचनअनुसार आजको दिनमा जीवित बाबुलाई मीठो मसिनो खान दिएर र दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गरेर खुसी पारेमा सुख मिल्ने धार्मिक विश्वास छ । गोकर्णमा आज मेलासमेत लाग्छ ।

वि.सं.२०७६ भदौ १३ शुक्रवार ०७:३० मा प्रकाशित

भोज खाँदा एकको मृत्यु, २९ जना बिरामी

भोज खाँदा एकको मृत्यु, २९ जना बिरामी

लमजुङ । लमजुङमा सामूहिक भोज खाएका मध्ये एक जनाको मृत्यु...

हिमपातले सिमकोटमा जनजीवन प्रभावित

हिमपातले सिमकोटमा जनजीवन प्रभावित

सिमकोट (हुम्ला) । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा भएको हिमपातले...

सङ्घीय कानुन निर्माणमा संयुक्त पहल गरौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

सङ्घीय कानुन निर्माणमा संयुक्त पहल गरौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक...

ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा भएको ट्रक दुर्घटनामा दुई जनाको...

राप्रपा नेपालको बैठक आज बस्दै

राप्रपा नेपालको बैठक आज बस्दै

काठमाडौं । राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक आजदेखि काठमाडौँमा सुरु...

एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित

एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित

ढोरपाटन । बागलुङमा एकै रातमा ६ वटा घरमा चोरी भएको...