back
CTIZAN AD

विप्लवलाई वार्तामा आउन नेता शर्माको आग्रह

वि.सं.२०७६ भदौ २० शुक्रवार

798 

shares

२० भदौ, दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई वार्तामा आउन आग्रह गरेका छन् ।

प्रेस सङ्गठन दाङले आज बिहान तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले अब बन्दुक पड्काएर समाजवाद नआउने भन्दै मूलधारको राजनीतिमा फर्कन विप्लवलाई आग्रह गरे ।

नेकपा स्थायी कमिटीका सदस्य तथा पूर्वगृहमन्त्रीसमेत रहेका नेता शर्माले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट ल्याइएको संविधानलाई कार्यान्वयनको दिशामा अघि लैजानुपर्ने बताउँदै संविधान कार्यान्वयनतर्फ नेकपा पूर्ण प्रतिवद्धताका साथ अगाडि बढिरहेको छ भने ।
“पार्टी एकता गर्ने सहमति मुख्य कुरा हो, अन्य सहमति तपशील हुन, पार्टीले अहिलेको आवश्यकता अनुसार नयाँ ढङ्गबाट पनि निर्णय गर्न सक्छ”, उनले भने, “पार्टी एकताका सबै काम पूरा भएकाले अब सरकार र पार्टी जनताको चाहना र आवश्यकताको परिपूर्तितर्फ केन्द्रीत भएर अगाडि बढ्छ ।”
नेता शर्माले देशलाई ठूलो लगानी आवश्यक रहेको भन्दै मुलुकमा विदेशी लगानी भित्र्याउनेतर्फ सरकार गम्भीर भएर लागेको बताए ।
सङ्गठनका कार्यदल सदस्य जेएन सागरको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो । (रासस)

वि.सं.२०७६ भदौ २० शुक्रवार १०:३८ मा प्रकाशित

पाहुनालाई कोसेली कोदोको बिस्कुट

पाहुनालाई कोसेली कोदोको बिस्कुट

मङ्गलबारे । इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको...

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतको वाखेतमा पक्की सडक निर्माण...

श्रम गर्नेलाई स्वदेशमा छैन उचित मूल्य र सम्मानः लाखौँ नेपाली विदेशिन बाध्य

श्रम गर्नेलाई स्वदेशमा छैन उचित मूल्य र सम्मानः लाखौँ नेपाली विदेशिन बाध्य

काठमाडौँ । दुबई प्रस्थान गर्न लाग्नुभएका ध्रुव विशाललाई स्वदेशमै श्रम गर्ने...

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

गण्डकी । प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...

विदेश पठाउने नाममा लाखौँ ठगी गर्ने तीन जना पक्राउ

विदेश पठाउने नाममा लाखौँ ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ...