back
CTIZAN AD

नेमकिपाको सातौँ महाधिवेशन भोलिबाट शुरु हुने

वि.सं.२०७६ असोज २ बिहीवार

666 

shares

२ असोज, भक्तपुर । नेपाल मजदूर किसान पार्टीको सातौँ महाविधेशन भोलिबाट शुरु हुने भएको छ । नेमकिपाका सचिव प्रेम सुवालले आज विज्ञप्तिमार्फत भोलि शुक्रबार बिहान ११ बजेबाट नेमकिपाको तीन दिने महाधिवेशन शुरु हुने जानकारी दिए ।
नेमकिपाका सचिव सुवालका अनुसार भक्तपुरको च्याहमासिंह, बोडे र काठमाडौँको कोटेश्वर गरी तीन ठाउँबाट एकैसाथ बाजागाजाका साथ ¥याली शुरु गरी भक्तपुर सल्लाघारी चौरमा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले महाधिवेशनको उद्घाटन गर्नुहुने भएको छ ।
नेपाल मजदूर किसान पार्टीले देशको सार्वभौमिकता रक्षा र प्रजातन्त्रको लागि स्थापनाकालदेखि नै साम्राज्यवाद र विस्तारवादविरुद्ध सङ्घर्ष गर्दै आएको बताउँदै सचिव सुवालले नेपालको किसान आन्दोलन र भ्रष्टाचारविरोधी आन्दोलनमा पार्टीले महत्वपूर्ण भूमिका खेलेको बताए ।
उनले देशमा अहिले नेकपाको दुई तिहाइको सरकार भए पनि देशको खुला सिमानाका कारण सुरक्षित हुन नसकेको टिप्पणी गर्दै भारतले एकतर्फी रुपमा बनाएको बाँध र तटबन्धको कारण वर्सेनी तराई भूमि डुबानमा परिरहेको, हाल अहिले १३ खर्बभन्दा बढीको व्यापार घाटा रहेको, भ्रष्टाचार नियन्त्रण हुन नसकेको, महङ्गी बढ्दै गएको, ७० लाख नेपाली वैदेशिक रोजगारीमा जान बाध्य भएकोले यसको समस्याको समाधानका लागि नेमकिपाले आवाज उठाउँदै आइरहेको बताए ।
यसअघि नेमकिपाको २०७० साल चैत २१ गते काठमाडौँको खुल्ला मञ्चमा छैठांै महाधिवेशन गरिएको थियो । पार्टी स्थापनाकालदेखि हालसम्म नारायणमान बिजुक्छे पार्टीमा अध्यक्ष चयन हुँदै आएका छन । हाल २५ सदस्यीय केन्द्रीयसमिति रहेको नेमकिपामा सातांै महाधिवेशनले विधान संशोधनसहित विभिन्न दस्तावेज पारित गर्दै नयाँ कार्यसमिति निर्वा्चित गर्ने बताइएको छ । रासस

वि.सं.२०७६ असोज २ बिहीवार १४:३४ मा प्रकाशित

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

काठमाडौँ । मन्त्रिपरिषद्ले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरेको...

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले सरकारी सम्पत्ति कानुनविपरीत...

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

गोरखा । निर्माण सामग्री बोकेको ट्याक्टर जिल्लाको भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य...

संसदमा प्रधानमन्त्री नबोल्ने, अर्थमन्त्रीले जवाफ दिने

संसदमा प्रधानमन्त्री नबोल्ने, अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधि सभामा सरकारको नीति...

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...