back
CTIZAN AD

चार वर्षपछि बालविवाह आरोपितलाई कैद सजाय

वि.सं.२०७६ असोज ६ सोमवार

795 

shares

६ असोज, सप्तरी । बालविवाह र बहुविवाहको आरोप लागेका सप्तरीको डाक्नेश्वरी नगरपालिका– ३ तरहीका ४१ वर्षीय हुलासप्रसाद साहलाई चार वर्षपछि कैद सजाय र जरिवाना गरिएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका– ६ ९पूर्वपिप्रा गाउँ०की १४ वर्षीया बालिकासँग विवाह गरेका साहलाई जनकपुर उच्च अदालतको राजविराज इजलाशले एक वर्ष कैद र पाँच हजार जरिवाना गर्नाका साथै बालविवाह गरेकामा रू १० हजार जरिवाना गरेको थियो ।

मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठसमेतको इजलासले बालविवाह गराइदिएकामा सोही स्थानका बालिकाका बुबा सागर साहलाई एक हजार जरिवाना तोकेको थियो । इन्सेकका जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेल नेतृत्वको टोलीले हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कङ्कालिनी मन्दिरमा ०७२ जेठ १५ गते आरोपीले बालविवाह र बहुविवाह गरिरहेको भन्दै सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकामा प्रहरीले आरोपीलाई तत्कालै पक्राउ गरेको थियो ।

जनकपुरको भानु चोककी बीनादेवी साहसँग २०५० सालमा पहिलो विवाह गरेका आरोपीका जेठी श्रीमतीतर्फ २३ वर्षीया एक छोरी छ । जेठीबाट छोरा नभएको भन्दै आरोपीले बालिकासँग दोस्रो विवाह गरेका थिए । सो मुद्दामा जिल्ला न्यायाधीश विनोदकुमार गौतमको इजलासले विसं ०७३ चैत २१ गते आरोपीलाई सफाइ दिने फैसला गरेको थियो ।

विवाह भइरहेको जानकारी गराएलगत्तै प्रहरीले आरोपीलाई पक्राउ गरेको भए वा विवाहपछि पक्राउ परेका आरोपीविरुद्ध जिल्ला अदालतले सफाइ नदिएको भए बालविवाह र बहुविवाह रोकिने सम्भावना थियो तर चार वर्ष ढिलो फैसला हुँदा कसुरदारलाई सजाय भए पनि विवाह भने बदर हुन नसकेको अधिवक्ता मीना देवले बताइन्। (रासस)

वि.सं.२०७६ असोज ६ सोमवार १६:१७ मा प्रकाशित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...