back
CTIZAN AD

गोदाममै थन्कियो कर्णालीको तिते फापर

वि.सं.२०७६ असोज ८ बुधवार

1K 

shares

८ असोज, सुर्खेत । वीरेन्द्रनगर–६ गोदामलाइनस्थित सुपथ मूल्य पसलमा सिमी र चामल किन्न आएका उपभोक्तालाई खाद्य संस्थानका कर्मचारी तिते फापरको फाइदाबारे बताउन व्यस्त हुन्छन् तर कर्मचारीले जति बुझाउन खोजे पनि उपभोक्ताको रोजाइँमा पर्दैन तिते फापर ।

संस्थानका अनुसार सिमी एक क्विन्टल बिक्री हुँदा तिते फापर कसैको रोजाइँमा पर्दैन । संस्थानका शाखा प्रबन्धक भीमबहादुर थापाले हालसम्म सिमी सात क्विन्टल र तिते फापर पाँच केजी बिक्री भएको जानकारी दिए । “तिते फापर स्वास्थ्यका लागि लाभदायक मानिन्छ, तर यहाँ यो उपभोक्ताको रोजाइँमा परेन,” उनले भने, “बजारभन्दा धेरै सस्तो मूल्यमा दिँदासमेत मुस्किलले पाँच केजी तिते फापर बिक्री भएको छ ।” संस्थानको सुर्खेत गोदाममा ८२ क्विन्टल तिते फापर थन्किएको छ । यो मधुमेह र उच्च रक्तचापका बिरामीका लागि लाभदायक मानिन्छ । संस्थानले वर्षेनि कर्णालीका हिमाली जिल्लाबाट सिमी, फापरलगायत रैथाने उत्पादन खरीद गरेर शहरी क्षेत्रमा बिक्री गर्दै आएको छ ।

संस्थानको सुर्खेत शाखा कार्यालयले कालीकोट, जुम्ला र मुगुबाट तिते फापर र सिमी खरीद गरेको हो । डोल्पा र हुम्लामा सडक पहुँच नहँुदा यसपटक ती जिल्लाबाट रैथाने उत्पादन खरीद गर्न नसकिएकोे संस्थानका शाखा प्रबन्धक थापाले बताए । सुपथ पसलबाट सिमी प्रतिकेजी रु १२० र तिते फापर रु ७० मा बिक्री हुने गरेको छ । “प्रायजसो उपभोक्ता ‘जुम्ली सिमी’ छ भन्दै आउँछन् सिमीको खपत अत्यधिक छ, दालका लागि धेरैले कर्णालीको सिमी खोज्छन्”, संस्थानका कर्मचारी लक्ष्मी अधिकारीले भने, “तर यता (वीरेन्द्रनगर)मा फापर खाने अझै बानी परेको छैन, त्यसले गर्दा पनि बिक्री कम भएको हुनुपर्छ ।” संस्थानले फापर तिहारसम्म बिक्री नभए काठमाडौँ पठाउने सोच बनाएको छ ।
उपभोक्ताले भने तिते फापर लिए पनि दानाका लागि प्रयोग गरेका छन् । सुपथ मूल्य पसलमा भेटिनुभएका वीरेन्द्रनगर तातोपानीका लक्ष्मी रेग्मीले पिसेर पीठो बनाउन झन्झटिलो हुने हुँदा चाहेर पनि लिन नसकिएको बताए । “पसलमा प्याकेटमा फापरको पीठो पाइन्छ, अहिले नपिसेको फापर लिएर फेरि मिलमा जान झन्झट हुन्छ”, उनले भने । दशैँ–तिहारलाई लक्ष गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले भदौ २४ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् । संस्थानअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल, सिमी र तितेफापर तथा साल्ट ट्रेडिङले नून–चिनी बिक्री गर्दै आएका छन् । चाडपर्वका बेला बजारमा कृतिम अभाव, कालोबजारी हुन सक्ने भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारले पछिल्ला वर्ष सुपथ मूल्यका पसल सञ्चालन गर्ने गर्दछ ।
बजारमाभन्दा सुपथ मूल्य पसलबाट चामलको मूल्य प्रतिकेजी रु १० घटाइएको छ । मोटा चामल रु ३७, सोना मन्सुली चामल रु ४०, जिरा मसिनो चामल रु ५०, जापानी चामल रु ४६.५० मा बिक्री वितरण भइरहेको छ । संस्थानले प्रतिव्यक्ति सिमी छ केजी र चामल एक क्विन्टलसम्म बिक्री सहुलियत दरमा बिक्री वितरण गर्दै आएको छ । त्यस्तै उक्त संस्थाले नून प्रतिकेजीमा रु दुई र चिनी प्रतिकेजी पाँच छुट दिएको जनाएको छ । सुपथ मूल्य पसलबाट प्रतिव्यक्ति छ केजीका दरले नून र चिनी बिक्री वितरण भइरहेको छ । (रासस)

वि.सं.२०७६ असोज ८ बुधवार ०९:५२ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...