८ असोज, काठमाण्डौं । अध्यापन अनुमति पत्रको लिखित परीक्षामा सहभागी हुने सम्बन्धीत विद्यार्थीका लागि शिक्षक सेवा आयोगले अत्यन्त जरुरी सूचना जारी गरेको छ ।
यहि असोज ९, १० र ११ गते सञ्चालन हुने अध्यापन अनुमति पत्रको लिखित परीक्षाको सम्बन्धमा आयोगबाट निम्न निर्णय भएको जानकारी दिँदै मंगलबार उक्त सूचना प्रकाशित गरिएको हो ।
क) एउटै तह विषय र उम्मेदवारको प्रवेश पत्रमा प्राबिधिक कारणवश एकभन्दा बढी रोल नम्बर कायम हुन गएको भए प्रवेश पत्रमा रहेको सम्बन्धीत तहको पहिलो रोल नम्बरबाट परीक्षामा सहभागी हुन सक्ने
खं) तह र विषय मिलेको तर विज्ञापन फरक परेका परीक्षार्थीहरुले साविक रोल नम्बरबाट नै परीक्षामा सहभागी हुन सक्ने
ग) आयोगद्धारा पूर्व प्रकाशित विज्ञापनको योग्यता र शर्त बमोजिम केही परीक्षार्थीको परीक्षा दिने विषय शैक्षिक योग्यताका आधारमा परिवर्तन हुन गएकोले नयाँ रोल नम्बर बमोजिम प्रवेश पत्र लिई परीक्षामा सहभागी हुने व्यवस्था मिलाईएको छ । आयोगद्धारा जारी सूचनामा भनिएको छ ।
वि.सं.२०७६ असोज ८ बुधवार १०:०० मा प्रकाशित




























