back
CTIZAN AD

प्रभावकारी बन्दै पशु बीमा कार्यक्रम

वि.सं.२०७६ असोज ८ बुधवार

909 

shares

८ असोज, पाँचथर । किसानका लागि पशुधनको सुरक्षाको दृष्टीले राम्रो मानिने पशु बीमा कार्यक्रम पछिल्लो समय पाँचथर तथा ताप्लेजुङलगायत पूर्वी पहाडी जिल्लामा प्रभावकारी बन्दै गएको छ ।

कतिपय बीमा कम्पनीले पशु बीमा गर्दा त्यसमा रु एक सय थप्दा पशु धनीकोसमेत बीमा हुने भएपछि पछिल्लो समय पाँचथरमा पशु बीमातर्फ किसानमा आकर्षण बढ्दै गएको छ । पशुका लागि बीमाका विषयमा कुरा बुझ्दै गएपछि किसानले धमाधम बीमा गर्न थालेको एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा पाँचथरका प्रमुख यादव गौतमले बताए ।

उनि भन्छन “विगतको तुलनामा पशुको बीमा गर्ने किसानको सङ्ख्यामा वृद्धि भएको छ, किसानले पशुको बीमा गर्नुपर्छ भन्ने विषय बुभ्mदै गएपछि बीमा गर्नेको सङ्ख्या बढेको हो ।”

अहिले पाँचथर जिल्लामा मात्र चार वटा निर्जिवन बीमा कम्पनी छन् । जसमा तीन वटा कम्पनीले पशु बीमा गरिरहेको गौतम बताउछन् । उनि थपछन– “ किसानलाई थोरै रकम खर्च गरे बीमामा सहभागी हुन पाउने अवसर मिल्ने भएकाले पशु बीमा बढेको हो ।”

पशुपालन गरिरहँदा लापरवाही गरांै, पशु मरोस, दुर्घटना होस् भन्ने कुनै पनि किसानमा नहुने फिदिम नगरपालिका–२ देउरालीमा गाई फार्म सञ्चालन गरिरहनुु भएका टेकनाथ रिजाल बताउछन््् । उनि भन्छन,“आफूले पालन गरिरहेका पशुरुलाई सुरक्षित बनाउने तर्फनै आफ्नो ध्यान जान्छ, कहीलेकाहीँ पशु दुर्घटनामा पर्नसक्ने भएकोले गाईको बीमा गरेको छु । पशुको बीमा गर्दा धनीको समेत हुने भएकाले ८ वटा गाईको बीमा गरेको छु”, उनि भन्छन, “आफूले विभिन्न स्थानबाट ऋण लिएकाले पशुमा क्षति भए त्यसमा केही सहायता मिल्छ । ठूलो क्षति हुनबाट जोगिन बीमा आवश्यक छ ।”

पशु बीमा गर्दा पशु प्राविधिक अनिवार्य आश्यक पर्ने बीमा कम्पनीले जनाएका छन् । बीमा गर्दा पशुको स्वास्थ्य परीक्षण गर्नुपर्ने हुँदा पशु प्राविधिक आश्यक भएको हो । शुरुमा पशु बीमाका विषयमा किसानलाई बुझाउन निकै समस्या परेको प्राविधिक लक्ष्मी बाँस्कोटा बताउछन् ।

उन् िभन्छन,“एक वर्षको अवधिका लागि मात्रै बीमा हुने भएकाले थोरै झन्झटिलो छ । तर, पनि किसानको आर्थिक क्षति कम गर्न पशु बीमा अनिवार्य जस्तै छ । २०७५ साल वैशाख १ गतेबाट पशुको बीमा गर्दा पशु धनीको बीमा गर्न थालेपछि किसान झन खुशी भएका छन् ।”

जिल्लामा अहिले एनएलजी लाइफ इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र नेको इन्सोरेन्छ छन् । उनीहरूले ताप्लेजुङलाई समेत समेटेका छन् । एक हजार ५०० बढी पशु चौपायको बीमा गरिसकेका छन् । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबी भुक्तानी दिन थालेको छ । कम्पनीले २०७४÷७५ मा ५०८ वटा पशुको बीमा गराएकोमा २४ वटा मृत्यु दाबी भएका थिए । तीमध्ये २१ पशुको दाबी भुत्तानी दिइसकेको छ ।

त्यसैगरी २०७५÷७६ मा ९९३ पशुको बीमा भएकोमा २३ पशुको मृत्यु दाबी आएको र २० वटा पशुको दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ । (रासस)

वि.सं.२०७६ असोज ८ बुधवार १०:०८ मा प्रकाशित

कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती

कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती

झापा । मुलुकको सबैभन्दा होचो भू–भागका रूपमा परिचित झापाको कचनकबलका...

लेक लागेर सगरमाथा आरोहीको निधन

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको...

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा आगामी जेठ पहिलो साता ‘हनी...

करेन्ट लागेर, भीरबाट लडेर दुई जनाको मृत्यु

करेन्ट लागेर, भीरबाट लडेर दुई जनाको मृत्यु

खोटाङ । करेन्ट लागेर र भीरबाट लडेर खोटाङमा एकै दिन...

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा । कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा...