back
CTIZAN AD

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

वि.सं.२०८३ वैशाख २९ मंगलवार

237 

shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान संसद् समावेशी आन्दोलन र हजारौँ सहिदहरूको बलिदानको जगमा निर्माण भएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले बाहिरबाट संसद् भवन सिमेन्ट, इँटा र फलामले बनेको देखिए पनि यसको आधारमा सहिदहरूको त्याग र संघर्ष रहेको उल्लेख गरे ।

उनले भने, “हरेक वर्ग, वर्ण, जाति, लिङ्ग र समुदायको प्रतिनिधित्व भएको यो समावेशी संसद्का लागि हामीले हिजो बन्दुक उठायौँ, आन्दोलन गर्‍यौँ । यो भवनको जगमा हजारौँ सहिदको रगत र बलिदान मिसिएको छ ।”

सम्बोधनका क्रममा प्रचण्ड भावुक बनेका थिए । उनले सशस्त्र तथा शान्तिपूर्ण आन्दोलन, जनआन्दोलनदेखि पछिल्लो पुस्ताले सञ्चालन गरेका अभियानसम्म योगदान दिने सहिद, बेपत्ता, घाइते योद्धा तथा अभियानकर्मीप्रति सम्मान व्यक्त गरे ।

प्रचण्डले पछिल्लो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले हासिल गरेको सफलताको पनि प्रशंसा गरे । उनले पार्टीले झन्डै दुई तिहाइ सफलता हासिल गरेको उल्लेख गर्दै सभापति रवि लामिछाने  र प्रधानमन्त्री बालेन शाहलाई विशेष बधाई दिए ।

उनले आफ्नो दल निर्वाचन परिणामका हिसाबले खुम्चिएको भए पनि वर्तमान राजनीतिक वातावरण निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरे । साथै, लोकतान्त्रिक गणतन्त्र, समावेशिता र संघीयताको रक्षा गर्न सबै राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।

वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:५४ मा प्रकाशित

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेपछि संसदमा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

काठमाडौँ । काठमाडौँस्थित बंगलादेशी दूतावासले काठमाडौँमा बंगाली आँप बाँडेको छ...