back
CTIZAN AD

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

वि.सं.२०८३ वैशाख २९ मंगलवार

321 

shares

काठमाडौं । नेपाल टेलिकम ले आफ्ना ग्राहकलाई लक्षित गर्दै नयाँ प्रिपेड ई–सिम (eSIM) सेवा अब अनलाइनमार्फत उपलब्ध गराएको छ । यस सेवासँगै अब ग्राहकहरूले नयाँ ई–सिम लिनका लागि टेलिकम कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ ।

कम्पनीका अनुसार ग्राहकहरूले घरमै बसेर अनलाइन प्रणालीमार्फत सहज रूपमा नयाँ प्रिपेड ई–सिम प्राप्त गर्न सक्नेछन् । ई–सिम लिन इच्छुक ग्राहकले esim.ntc.net.np मा गएर “Get New Prepaid eSIM” विकल्प चयन गरी आवश्यक विवरण भर्नुपर्नेछ । त्यसपछि उपलब्ध विभिन्न डिजिटल भुक्तानी माध्यमबाट शुल्क तिरेपछि ग्राहकलाई ई–सिमको क्यूआर कोड उपलब्ध गराइनेछ । उक्त क्यूआर कोड मोबाइल सेटको सेटिङमार्फत स्क्यान गरी ई–सिम सक्रिय गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

नेपाल टेलिकमले यसअघि प्रयोगकर्तालाई अनलाइनमार्फत ई–सिम साट्न सकिने सुविधा उपलब्ध गराइसकेको थियो । अब भने नयाँ प्रिपेड ई–सिम समेत अनलाइनबाटै लिन सकिने सुविधा थप गरिएकाले ग्राहकलाई थप सहज हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी नयाँ फिजिकल सिम लिन आवश्यक फाराम भर्न तथा ग्राहक विवरण (केवाईसी) दर्ता वा अद्यावधिक गर्नका लागि आवश्यक अनलाइन केवाईसी पोर्टल सेवा पनि सञ्चालनमा ल्याइएको कम्पनीले जानकारी दिएको छ ।

नेपाल टेलिकम का अनुसार डिजिटल सेवाको विस्तारसँगै ग्राहकलाई छरितो, सुरक्षित र प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यले यस्तो सुविधा सुरु गरिएको हो । कम्पनीले आगामी दिनमा थप डिजिटल सेवा विस्तार गर्दै ग्राहक अनुभवलाई अझ प्रभावकारी बनाउने जनाएको छ ।

वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:४१ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...