back

यस्तो छ एनआरएनएको कार्यक्रम सूचि,उद्घाटन देखि समापनसम्म

वि.सं.२०७६ असोज २७ सोमवार

123 

shares
NTC AD
Global IME AD

२७ असोज, काठमाडौँ । गैरआवासीय नेपाली संघको नवौ विश्व सम्मेलन र अन्तर्राष्ट्रिय अधिवेशन १५ अक्टोबर २०१९ अर्थात् २०७६ असोज २८ गते मंगलबार बिहान ठिक ९ बजे होटल हायात काठमाडौँमा शुरु हुँदैछ ।

बिहान ठिक ९.२५ मा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको स्वागत मन्तव्यसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले पानसमा बत्ति बालेर शुरु हुने उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, एनआरएनएका संस्थापक अध्यक्ष एवम् प्रमुख संरक्षक डा उपेन्द्र महतो, एनआरएनए पूर्व अध्यक्ष शेष घले, वर्तमान अध्यक्ष भवन भट्ट र राष्ट्रपतिद्वारा मन्तव्य राख्ने कार्यक्रम रहेको छ ।

ठिक ११.३० मा शुरु हुने ‘नेपालको आर्थिक रुपान्तरणमा स्रोतहरुको परिचालन’ विषयक पहिलो छलफल शुरु हुने छ । अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा अध्यक्षता हुने सो कार्यक्रममा एनआरएनए इन्भेष्टमेन्ट फण्डसँगै विद्युत नियमन आयोगका सदस्य डा रामप्रसाद धितालले ‘नेपालको विद्युत क्षेत्रमा लगानीको अवसर’ विषयक प्रस्तुती दिनेछन् । सो कार्यक्रममा सचिव मानकुमारी खतिवडा, लगानी वोर्डका कार्यकारी निर्देशक मोहनप्रसाद अधिकारी, सतिशकुमार मोर, राजेशकाजी श्रेष्ठ, चन्द्र ढकाल, जीव लामिछाने, कुमार पन्त, रञ्जित महतो र डिला खरेलले बोलेसँगै एनआरएनए इन्भेष्टमेन्ट बोर्ड र एनआरएन महिला प्रबृद्धित हाइड्रोपावर विषयमा हस्ताक्षर हुने कार्यक्रम छ ।

ठिक १०.३० को दिवा खानासँगै ‘गैरआवासीयका कानुनी अधिकारी र उत्तरदायित्व’ विषयक कार्यक्रमको सभापतित्व संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङले गर्नेछन् भने नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेल, सचिवहरु शंकरदास बैरागी, राजीव गौतम, संसदको राज्य व्यवस्था समितिको सभापति शसि श्रेष्ठ, सांसदहरु लक्षमणलाल कर्ण, राधेश्याम अधिकारी, नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, गेसोका अध्यक्ष कृष्णकुमार राई, रामप्रताप थापा र कुल आचार्यहरुले धारणा राख्ने छन् ।

यसैगरी सोही दिन साँझ ४.३० बजे अन्तर्राष्ट्रिय महाधिवेशन शुरु हुनेछ । भवन भट्टको अध्यक्षता र डा उपेन्द्र महतोको प्रमुख उपस्थितिमा परिषद्का संरक्षकहरु मंचमा राखी डा बद्री केसीले कार्यक्रम संचालन गर्नेछन् भने महासचिव र कोषाध्यक्षका प्रतिवेदन पेश गरी पास गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी १६ अक्टोबर अर्थान् २९ असोजका दिन बिहान ८.३० बजे देखि क्षेत्रीय अध्यक्षहरुको रिपोर्ट पेश, विधान संसोधन, साधारणसभाको निर्णय पढ्ने कार्यक्रम छ भने ठिक १२ बजेदेखि निर्वाचन प्रक्रिया शुरु हुनेछ । ठिक २ बजेदेखि निर्वाचन शुरु भई साँझ ९ बजे नै निर्वाचन परिणाम घोषणा गरिनेछ ।

असोज ३० गते बिहान श्रम, रोजगार तथा सामाजिकसुरक्षा मन्त्री गोकर्ण विष्टको अध्यक्षतामा पहिलो सेसन सुरु हुनेछ भने ठिक ११.३० बजे नेपाल भ्रमण वर्ष २०२० सम्बन्धी कार्यक्रको अध्यक्षता पर्यटनमन्त्री योगेश भट्टराईले गर्नेछन् । सोही दिन आइडिया फर नेपाल र ग्लोबल आईएमई बैंकको व्यवसाय प्रर्वद्धन सेसन लगत्तै एनआरएनएको आगामी भूमिका विषयक कार्यक्रममा योगना आयोगका उपाध्यक्ष डा पुष्पराज कंडेलले अध्यक्षता गर्ने महत्वपूर्ण कार्यक्रम छ भने चाइल्ड हेल्थ इन्स्टच्यूट सम्बन्धी डा भगवान कोइरालाको प्रस्तुती रहेको छ । साँझ ४.३० देखि ५.३० सम्म नवनिर्वाचित नेतृत्वले शपथ ग्रहण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

३० गते साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा समापन समारोह आयोजना हुनेछ । नयाँ अध्यक्षसहित पुराना अध्यक्षलाई मंचमा राखेर गरिने सो कार्यक्रममा परराष्ट्रमन्त्रीले समेत बोल्ने कार्यक्रम छ भने प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।

एनआरएनएको नर्वा विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशनको पहिलो दिवाभोज परराष्ट्र मन्त्रालयका तर्फबाट दिइने छ भने २८ गते साँझको खान्की आइडिया र एनआरएनएले संयुक्त रुपमा दिनेछन् । २९ गते बिहानको खाना ग्लोबल आइएमई बैंकले आयोजना गर्नेछ भने साँझको खाना संघ आफैले व्यवस्था गर्नेछ । ३० गते बिहान पनि संघ आफैले खुवाउने छ भने साँझको खान्कि निवर्तमान हुने अध्यक्ष भवन भट्टले गर्दैछन् ।

वि.सं.२०७६ असोज २७ सोमवार १६:११ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आयोग पास गरेपनि पढाउने विद्यालय नपाएको नवनियुक्त शिक्षकको दुःखेसो

आयोग पास गरेपनि पढाउने विद्यालय नपाएको नवनियुक्त शिक्षकको दुःखेसो

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका खेमराज भट्टले शिक्षक सेवा...

शङखमुलमा भएको आगलागी नियन्त्रणमा, झण्डै दर्जन पसलमा क्षति

शङखमुलमा भएको आगलागी नियन्त्रणमा, झण्डै दर्जन पसलमा क्षति

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ शङ्खमुल दोभानपुलमा आज भएको आगलागी नियन्त्रणमा...

हिमालयन सेक्युरिटिजको कारोबार शुरु

हिमालयन सेक्युरिटिजको कारोबार शुरु

काठमाडौं । हिमालयन बैंकको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिजले गत...

के–के छन् सुविधा, लगानी सम्मेलनकै दिन जारी सहजीकरणसम्बन्धी अध्यादेशमा ?

के–के छन् सुविधा, लगानी सम्मेलनकै दिन जारी सहजीकरणसम्बन्धी अध्यादेशमा ?

कालिका खड्का, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही...

यस्तो छ लगानी सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले गरेको सम्बोधनको पूर्णपाठ

यस्तो छ लगानी सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले गरेको सम्बोधनको पूर्णपाठ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक विकास र...

सबैभन्दा धेरै रेमिट्यान्स भित्राएकोमा ग्लोबल आइएमई बैंक सम्मानित

सबैभन्दा धेरै रेमिट्यान्स भित्राएकोमा ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौं । गत आर्थिक वर्ष २०८९/८० मा सबैभन्दा धेरै रेमिट्यान्स...