back
CTIZAN AD

शङखमुलमा भएको आगलागी नियन्त्रणमा, झण्डै दर्जन पसलमा क्षति

वि.सं.२०८१ वैशाख १६ आइतवार

840 

shares

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ शङ्खमुल दोभानपुलमा आज भएको आगलागी नियन्त्रणमा आएको छ ।

शङ्खमूल दोभानपुलमा विशाल केसीले सञ्चालन गरेको देबी अटो मोबाइल्स प्रालिमा आज दिउँसो विद्युत् सर्ट भई आगलागी भएकामा अहिले नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार आगोलेसँगै सोही पसलसँग जोडिएका मेघराज घलेको बाबाठाकुर मोटरसाइकल वर्कसप, वीरेन्द्रप्रसाद यादवको जयबजरङ्ग बली पान सपल, चन्द्रकुमार कुसवाहाको माछा पसल, जगन्नाथ शर्माको खाजा पसल, गोपालबहादुर विष्टको तरकारी, फलफूल तथा किराना पसल, आशागोपाल श्रेष्ठको मासु पसल, चन्द्र मर्हजन र केदार श्रेष्ठको पक्की घरको भित्ता तथा मेघराज घलेको फाष्टफुड रेष्टुरेन्टमा समेत क्षति भएको छ ।

बानेश्वर प्रहरी वृत्तबाट प्रहरी निरीक्षक प्रकाश खत्रीको नेतृत्वमा खटिएको बीस जनाको टोली तथा स्थानीयबासी, तीनवटा दमकलको सहयोग आगलागी नियन्त्रणमा लिइएको प्रवक्ता अधिकारीले बताए । आगलागीबाट भएको क्षति एकीन विवरण भने आउन बाँकी रहेको छ ।

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:५८ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...