back
CTIZAN AD

केन्द्रीय अनुसन्धान ब्युरो टोली जुम्ला पुग्यो

वि.सं.२०७३ मंसिर १४ मंगलवार

1.2K 

shares

१४ मङ्सिर,जुम्ला । चन्दननाथ बाबाको मन्दिरबाट विभिन्न मूर्ति चोरीको घटना अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोको एक टोली जुम्ला पुगेको छ ।

ब्युरोमा कार्यरत प्रहरी नायब उपरीक्षक अर्जुन पौडेलको नेतृत्वमा तीन सदस्यीय टोली हवाई मार्गबाट जुम्ला पुगेको हो ।
टोलीले जिल्ला सुरक्षा समितिसँग जिल्लाको घटनाबारे बुझेर स्थानीय नागरिकसँग संवाद गर्ने प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।
सोमबार जुम्लाका राजनीतिक दलहरुले सरकारसँग मूर्ति चोरी प्रकरणका दोषी पत्ता लगाउनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न र केन्द्रीय अनुसन्धान ब्युरोको टोली जुम्ला पठाउन लिखित माग गर्दै प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय निवेदन गरेका थिए । रासस

वि.सं.२०७३ मंसिर १४ मंगलवार १०:४४ मा प्रकाशित

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

काठमाडौँ । एकाएक उर्लिएको भोटेकोशी बाढी जीवनका लागि त्रासदीपूर्ण दिन...

पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै

पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै

रसुवा । जिल्ला सदरमुकाम धुन्चेमा ‘मोबाइल फोन चार्ज’का लागि ‘जेनेरेटर’...

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको...

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली (तनहुँ) । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन...

बहराइनले नेपाललाई दियो ८८ रन

बहराइनले नेपाललाई दियो ८८ रन

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी...

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

राँझा (बाँके) । रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान...