back
CTIZAN AD

स्वास्थ्यमन्त्री थापाद्वारा अनशनरत डा केसी र डिन सिंहसँग भेट

वि.सं.२०७३ मंसिर १४ मंगलवार

825 

shares

१४ मङ्सिर,काठमाडौँ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आज चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिन डा केपी सिंह र शिक्षण अस्पतालमा अनशनरत डा गोविन्द केसीसँग भेट गर्नुभएको छ ।

भेटका क्रममा मन्त्री थापाले डा केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुकासाथै समस्या समाधानका लागि आफूले उच्चस्तरीय राजनीतिक संयन्त्रसँग छलफल गर्ने बताउनुभयो ।
उहाँले डा. केसीका मागबारे आज बस्ने मन्त्रिपरिषद्को बैठकमा पनि पुनः कुरा उठाउने आवश्वासन दिनुभएको डा केसीका तर्फबाट वार्ता समिति सदस्य डा जीवन क्षेत्रीले जानकारी दिनुभयो ।

डिन सिंहसँगको भेटमा विद्यमान परिस्थितिको निकासबारे छलफल भएकोे मन्त्रीको निजी सचिवालयले जनाएको छ ।
तीन पटकसम्म वार्तामा बस्दा पनि सरकारका पक्षबाट त्रिविका उपकुलपति डा तीर्थ खनियाँलाई बर्खास्त गर्नुपर्ने र डिनको राजीनामाका विषयमा कुरा हुुनै नसकेको वार्ता समिति सदस्य डा क्षेत्रीले बताउनुभयो ।
यता, अनशनरत डा केसीको स्वास्थ्य नाजुक बन्दै गएको छ । उहाँको मुटुको चाल अनियन्त्रित हुने समस्या फेरि देखिएको र यो अवस्था लम्बिए ठूलो समस्या हुन सक्ने उहाँले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ मंसिर १४ मंगलवार ०९:४९ मा प्रकाशित

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह...

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

नुवाकोट । बेत्रावती बगर क्षेत्रमा बाढीपछि धेरै शव देखिन थालेको...

बाढी प्रभावित जलविद्युत् आयोजना र उद्धार रणनीतिबारे छलफल

बाढी प्रभावित जलविद्युत् आयोजना र उद्धार रणनीतिबारे छलफल

काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित जलविद्युत् आयोजना, जारी खोजी तथा...

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट सिर्जित संकट समाधान...

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण आफन्तजन हराइरहेका...