back

भ्रष्टचारविहीन मुलुक बनाउने स्वाभिमानी नेपाली उठ्नुपर्ने

वि.सं.२०७३ मंसिर १४ मंगलवार

387 

shares
GLOBAL IME AD
NTC AD

१४ मङ्सिर,काठमाडौँ  । मुलुकलाई भ्रष्टाचारविहीन बनाउन सबै स्वाभिमानी नेपाली एक हुनुपर्नेमा कानुन व्यवसायीले जोड दिएका छन् ।

‘स्वाभिमानी नेपालीको खुल्ला आह्वान तीव्र विकास र समृद्धिका निमित्त’ विषयक आज यहाँ आयोजित कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले देशलाई भ्रष्टाचारबाट मुक्त गर्न स्वाभिमानी नेपालीले अभियानै चलाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भ्रष्टाचाररहित समाज निर्माण र कानुनको शासनका लागि राजनीतिक दलदेखि सम्पूर्ण सरकारी संयन्त्रमा भ्रष्टाचार बिरोधी अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभो ।
बारका पूर्व अध्यक्ष विश्वकान्त मैनालीले देशमा लोकतन्त्र आए पनि जनताले यसको अनुभूति गर्न नपाएको विचार व्यक्त गर्नुभयो ।
भ्रष्टाचार मौलाउँदै गए देश मात्र नभई सम्पूर्ण नेपाली नागरिक पनि यसबाट प्रभावित हुने भएकाले त्यसको विरुद्ध आवाज उठाउनुपर्नेमा उहाँको जोड थियो ।
अर्का पूर्व अध्यक्ष शम्भु थापाले भ्रष्टाचार हुने क्षेत्र पहिचान गरी त्यस्ता क्षेत्रमा कारबाही अघि बढाउन आवाज उठाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।
भ्रष्टाचार उन्मूलन अभियान्ता कृष्ण केसीले भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलका नेताको सम्पत्ति सार्वजनिक गर्नुपर्ने र यसका लागि स्वाभिमानी नेपाली एक हुनुपर्नेमा जोड दिनुभयो ।

वि.सं.२०७३ मंसिर १४ मंगलवार ०९:४७ मा प्रकाशित

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज...

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश...

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल मार्फत युवतीको चरित्र हत्या गरेको अभियोगमा...

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई...

विपिन जोशीको रिहाइको पहल : परराष्ट्रमन्त्री र इरानका विदेशमन्त्रीबीच फोनवार्ता

विपिन जोशीको रिहाइको पहल : परराष्ट्रमन्त्री र इरानका विदेशमन्त्रीबीच फोनवार्ता

काठमाडौं । हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन...

गोलञ्जोरमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

गोलञ्जोरमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

सिन्धुली । झापाबाट काठमाडौंतर्फ गइरहेको निजी सवारी साधन दुर्घटना भएको...