back
CTIZAN AD

भ्रष्टचारविहीन मुलुक बनाउने स्वाभिमानी नेपाली उठ्नुपर्ने

वि.सं.२०७३ मंसिर १४ मंगलवार

897 

shares

१४ मङ्सिर,काठमाडौँ  । मुलुकलाई भ्रष्टाचारविहीन बनाउन सबै स्वाभिमानी नेपाली एक हुनुपर्नेमा कानुन व्यवसायीले जोड दिएका छन् ।

‘स्वाभिमानी नेपालीको खुल्ला आह्वान तीव्र विकास र समृद्धिका निमित्त’ विषयक आज यहाँ आयोजित कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले देशलाई भ्रष्टाचारबाट मुक्त गर्न स्वाभिमानी नेपालीले अभियानै चलाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भ्रष्टाचाररहित समाज निर्माण र कानुनको शासनका लागि राजनीतिक दलदेखि सम्पूर्ण सरकारी संयन्त्रमा भ्रष्टाचार बिरोधी अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभो ।
बारका पूर्व अध्यक्ष विश्वकान्त मैनालीले देशमा लोकतन्त्र आए पनि जनताले यसको अनुभूति गर्न नपाएको विचार व्यक्त गर्नुभयो ।
भ्रष्टाचार मौलाउँदै गए देश मात्र नभई सम्पूर्ण नेपाली नागरिक पनि यसबाट प्रभावित हुने भएकाले त्यसको विरुद्ध आवाज उठाउनुपर्नेमा उहाँको जोड थियो ।
अर्का पूर्व अध्यक्ष शम्भु थापाले भ्रष्टाचार हुने क्षेत्र पहिचान गरी त्यस्ता क्षेत्रमा कारबाही अघि बढाउन आवाज उठाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।
भ्रष्टाचार उन्मूलन अभियान्ता कृष्ण केसीले भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलका नेताको सम्पत्ति सार्वजनिक गर्नुपर्ने र यसका लागि स्वाभिमानी नेपाली एक हुनुपर्नेमा जोड दिनुभयो ।

वि.सं.२०७३ मंसिर १४ मंगलवार ०९:४७ मा प्रकाशित

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह...

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

नुवाकोट । बेत्रावती बगर क्षेत्रमा बाढीपछि धेरै शव देखिन थालेको...

बाढी प्रभावित जलविद्युत् आयोजना र उद्धार रणनीतिबारे छलफल

बाढी प्रभावित जलविद्युत् आयोजना र उद्धार रणनीतिबारे छलफल

काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित जलविद्युत् आयोजना, जारी खोजी तथा...

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट सिर्जित संकट समाधान...

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण आफन्तजन हराइरहेका...