back
CTIZAN AD

काठमाडौँका आठ हजार सामुदायिक कुकुरको बन्ध्याकरण सम्पन्न

वि.सं.२०७६ कात्तिक २५ सोमवार

813 

shares

२५ कात्तिक, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्ना हरेक वडामा छरिएर रहेका सामुदायिक कुकुरको नियन्त्रण र व्यवस्थापनको लागि मानवीय तरिकाले महानगरीय कुकुर व्यवस्थापन कार्यक्रम (मनुमित्र) मार्फत आठ हजार सामुदायिक कुकुरको बन्ध्याकरण सम्पन्न गरिसकेको छ ।

कामपाले तीन वर्षअघि बढाएको सो कार्यक्रम अन्तर्गत समाजमा अझै छरिएर रहेका छ हजार यस्ता कुकुरको बन्ध्याकरण हुन बाँकी नै रहेको छ ।
ललितपुरमा रही घरपालुवा तथा जङ्गली जनावरको हक हितमा काम गर्दै आएको र हाल विश्वको ३० देशमा काम गर्दै आएको संस्था ‘द जेन गुडअल इन्स्टिच्यूट नेपाल’ को प्राविधिक सहयोगमा मनुमित्रले गरेको सर्वेक्षणअनुसार काठमाडौँमा मात्रै हाल २२ हजार सामुदायिक कुकुर रहेका छन् ।

“हामीले सन् २०१६ मा यो सर्वेक्षण गरेका थियौँ”, मनुमित्र कार्यक्रम संयोजक सङ्गीता सापकोटाले भनीन्, “२२ हजार यस्ता कुकुर मध्ये कूल १४ हजारको बन्ध्याकरण गर्नुपर्ने थियो । आठ हजारको बन्ध्याकरण गरिसक्यौँ भने छ हजारको अझै गर्न बाँकी छ ।” बाइस हजारमध्ये आठ हजार सामुदायिक कुकुर केही बूढा, केही दूध चुसाउने बच्चाको माउ, केही बच्चा रहेकाले यिनीहरुको बन्ध्याकरण गर्न नमिल्ने सापकोटाले बताइन् ।

काठमाडौँमा बढ्दै गएको कुकुरको सङ्ख्याबाट भित्रिने रोगले मानिसमा कुनै असर नपारोस् भनी मनुमित्रले ८० प्रतिशत यस्ता कुकुरलाई रेबिज विरुद्धको खोप लगाइदिइ सकेको मनुमित्र सामुदायिक कार्यक्रम संयोजक वसन्त गौतमले जानकारी दिए ।
मनुमित्रले शुक्रबारका दिन आफ्नो क्लिनिकमा लगेर यस्ता कुकुरको बन्ध्याकरण गरी ‘भी’ आकारमा कान चिरेर चिह्न लगाउने गरेको छ । विसं २०७३ मा द जेन गुडअल इन्स्टिच्यूट नेपालले सामुदायिक कुकुर व्यवस्थापनमा लगानी गरेको थियो । विसं २०७४ मा कामपाले रु ७२ लाखको औषधी खरिद गरिदिएको थियो । यसैगरी २०७६ सालमा कामपाले रु ५० लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मनुमित्रका संयोजक सापकोटाले बताइन् । (रासस)

वि.सं.२०७६ कात्तिक २५ सोमवार १५:०४ मा प्रकाशित

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १०...

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छः परराष्ट्रमन्त्री

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तरराष्ट्रिय सम्बन्धलाई देशको विकास,...