back
CTIZAN AD

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

वि.सं.२०८३ जेठ १४ बिहीवार

531 

shares

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा सेवाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यसहित प्रतिष्ठित ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ का लागि आवेदन खुला गरिएको छ ।
एसियन–ओशिनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसनले आयोजना गर्ने उक्त अवार्डमा नेपालबाट डिजिटल अर्थतन्त्र तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍ याइरहेका कम्पनी तथा संस्थाहरूले सहभागिता जनाउन सक्नेछन् ।

यस वर्षको अवार्डको मुख्य थिम “नेपाली टेक उद्यमी अवसरः आफ्ना उत्पादन र सेवाहरूलाई विश्वव्यापी रूपमा प्रदर्शन गर्नुहोस् र एसोसियो डिजिटल एआई अवार्ड २०२६ प्राप्त गर्नुहोस” रहेको आयोजकले जनाएको छ ।

एसोसियोका उपाध्यक्ष नवराज कुँवरले नेपाली प्रविधि उद्यमीहरूका लागि यो अवार्ड अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रमाणित गर्ने ऐतिहासिक अवसर भएको बताए । उनका अनुसार यसले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी पहुँच विस्तार गर्न सहयोग पुर्‍ याउनेछ ।

त्यस्तै, क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले सम्पूर्ण नेपाली प्रविधि कम्पनी, स्टार्टअप तथा सरोकारवालाहरूलाई आवेदन दिन आग्रह गर्दै नेपाली प्रविधिको सकारात्मक प्रभाव विश्वसामु उजागर गर्ने यो उपयुक्त मञ्च भएको उल्लेख गरे ।

क्यान महासंघका महासचिव चन्द्रविलास भुर्तेलले आवेदन प्रक्रियालाई सहज र प्रभावकारी बनाउन महासंघले पूर्ण सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आठ विधामा अवार्ड प्रदान गरिने

यस वर्ष एआईको प्रयोगमार्फत विभिन्न क्षेत्रमा रूपान्तरण ल्याउने उत्कृष्ट परियोजनालाई आठ विधामा सम्मान गरिने आयोजकले जनाएको छ । जसअन्तर्गत साइबर सुरक्षा, सार्वजनिक हित, शिक्षा, स्वास्थ्य, स्मार्ट कृषि, वित्तीय सेवा, भविष्यका सीप तथा जनशक्ति विकास, र उत्पादन तथा सप्लाइ चेन व्यवस्थापन क्षेत्रमा एआई प्रयोग गर्ने संस्थाहरूलाई अवार्ड प्रदान गरिने छ ।

क–कस्ले आवेदन दिन पाउँछन् ?

अवार्डका लागि कर्पोरेट संस्था, स्टार्टअप, सरकारी निकाय, प्राज्ञिक तथा अनुसन्धान संस्था, गैरनाफामूलक संस्था लगायतले आवेदन दिन सक्नेछन् । प्रस्तावित एआई समाधान कम्तीमा पाइलट चरणमा कार्यान्वयन भएको हुनुपर्ने र विगत २४ महिनाभित्र स्पष्ट नतिजा देखाएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।
त्यस्तै एक संस्थाले एक विधामा मात्रै आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

आवेदन दिने मिति कहिलेसम्म ?

आयोजकका अनुसार प्रतियोगितामा आवेदन दिने अन्तिम मिति १५ मे २०२६ तोकिएको छ । विजेताहरूको घोषणा ३० मे २०२६ मा गरिनेछ भने अवार्ड वितरण समारोह ३० जुलाई २०२६ मा ‘एसोसियो डिजिटल एआई समिट २०२६’ को अवसरमा आयोजना गरिने जनाइएको छ ।

आवेदन कसरी दिने ?

इच्छुक संस्थाहरूले तोकिएको ढाँचाअनुसार ४ देखि ५ पृष्ठको प्रस्ताव पीडीएफ फम्र्याटमा बुझाउनुपर्नेछ । प्रस्तावमा कभर पेज, कार्यकारी सारांश, संस्थाको पृष्ठभूमि, एआई परियोजनाको प्राविधिक उत्कृष्टता तथा उत्तरदायी एआई व्यवस्थापन सम्बन्धी विवरण समावेश गर्नुपर्ने आयोजकले जनाएको छ ।

वि.सं.२०८३ जेठ १४ बिहीवार १६:३७ मा प्रकाशित

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई...

बाढी प्रभावित १२० मध्ये ८० साइटमा मोबाइल सेवा सुचारु

बाढी प्रभावित १२० मध्ये ८० साइटमा मोबाइल सेवा सुचारु

काठमाडौं। नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका...

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई...

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

काठमाडौं । Samsung ले नयाँ फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाच नेपाली...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...