back
CTIZAN AD

दोहोरो अङ्कले बढ्यो सेयर बजार, कसले कति कमाए त ?

वि.सं.२०७६ कात्तिक २५ सोमवार

654 

shares

२५ कात्तिक, काठमाडौँ । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.७७ विन्दुले बढेर एक हजार १४५.५७ विन्दुमा पुगेको छ । धेरै पछि बजारमा उच्च अङ्कको वृद्धि भएको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ३.२८ विन्दुले बढेर २५२.२९ विन्दुमा पुगेको छ ।

नेप्से उकालो लागेसँगै कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १७५ कम्पनीको १९ लाख ९५ हजार ४८ कित्ता शेयर रु ५४ करोड ९९ लाख ९८ हजार २४१ मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै शेयर घटेको छ । सो उपसमूहको शेयर ०.६ विन्दुले घटेको छ । यस्तै बैंकिङ १२.३१, होटल ३१.९३, विकास बैंक १३.३२, जलविद्युत् १२.८५, वित्त २.०७, निर्जीवन बीमा ६७.५३, उत्पादन ५५.७१, लघुवित्त ३०.७५, जीवन बीमा ७९.०२ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा एनएमबी बैंक शीर्षस्थानमा रहेको छ । सो बैंकको रु १३ करोड ९२ लाख १० हजार १९५ मूल्यमा शेयर खरीद–बिक्री भई शीर्षस्थानमा रह्यो । प्रभु बैंक रु सात करोड ३३ लाख ६८ हजार ३०२, माछापुच्छ्रे बैंक रु तीन करोड ५९ लाख ३८ हजार ३०७, प्रभु बैंकको संस्थापक शेयर रु तीन करोड २१ लाख ३३ हजार २४, प्राइम बैंक रु दुई करोड १३ लाख तीन हजार ५८८ र नेपाल बैंकको रु एक करोड ७६ लाख ६३ हजार ५३० मूल्यमा खरीद–बिक्री भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार हिमालयन डिस्टिलरीका शेयरधनीले ९.९७ प्रतिशतले कमाए । सबैको लघुवित्त वित्तीय संस्था ९.८९, रिडी हाइड्रोपावर ९.७२, आँखु खोला जलविद्युत् कम्पनी ९.४३, राधी विद्युत् कम्पनी ९.०२ र एनएमबी बैंकका शेयरधनीले ७.५८ प्रतिशतले कमाए ।

वि.सं.२०७६ कात्तिक २५ सोमवार १६:२७ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

दमौली (तनहुँ) । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...