back
CTIZAN AD

टोड्केमा फस्टायो मुला खेती

वि.सं.२०७६ कात्तिक २६ मंगलवार

2.2K 

shares

२५ कार्तिक, गलेश्वर  ।  साग, तरकारी, अचार, सलाद, गुन्द्रक र धजरा जे बनाए पनि उत्तिकै स्वादिष्ट मानिने औषधीय गुणको बहुउपयोगी मुला म्याग्दीको एक गाउँका दुई कृषक परिवारको लागि जीवन जिउने आधार बनेको छ ।

म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा उत्पादन भएका मुलानै टोड्केको पहिचान बनेको छ भने यहाँका दुई परिवार मुला बेचेर नै मालामाल भएका छन् । समुद्री सतहदेखि दुई हजार ४३० मिटरको उचाइमा अवस्थित टोड्केमा बसोबास गर्ने चार परिवारमध्ये दुई परिवारको पुख्र्यौली पेशा नै मुला उत्पादन गरेर बिक्री गर्नु हो ।

वर्षौं पहिलेदेखि मुला खेती गर्दै आएकी टोड्केकी तीजमाया पाइजाले मुला बिक्री गरेर नै वार्षिक रु एक लाखभन्दा बढी कमाइ हुने बताईन । पुनले भनिन्, “हाम्रो आम्दानीको प्रमुख स्रोत भनकै मुला, आलु र फापर हो । यही बेचेर वर्षभरिका लागि खर्च पुग्छ ।” करीब दुई रोपनीमा मुला खेती गर्नुभएकी पाइजाको बारीमा पर्यटकीय क्षेत्र टोड्केको भ्रमणमा आएका आन्तरिक पर्यटक मुला किन्नका लागि जाने गर्दछन् ।

पहिला पहिला म्याग्दी, बागलुङ र पर्वतका विभिन्न गाउँबाट धान लिएर मुला साट्न मानिस आउने गरेकामा पछिल्लो समय गाउँगाउँमा व्यावसायिक मौसमी वा बेमौसमी तरकारी खेतीको लहर चलेकाले पहिलाको जस्तो बिक्री हुन छोडेको पाइजाको भनाइ रहेको छ । यहाँका एउटै मुला दुईदेखि चार/पाँच किलोसम्मका हुने गर्दछन् ।

मुला किन्न बेनी नगरपालिका–६ बाट टोड्के आएका दयाराम पौडेलले यहाँको मुला स्वादिष्ट र ‘अग्र्या्निक’ हुने भएकाले स्वास्थ्यको लागि पनि उपयोगी हुने बताए । दुई बोरा मुला (३० किलो) किनेर घर लैजानका लागि तयारी गरेका पौडेलले सागको गुन्द्रक र धजरा बनाएर हिउँदभरि खानका लागि मुला किन्न आएको बताए ।

रातो र सेतो गरी यहाँ दुई प्रकारका रैथाने जातका मुला उत्पादन हुने गर्छन् । सेता मुलाको तुलनामा रातो मुला ग्राहकको रोजाइमा पर्ने पाइजाले बताईन् । पहिलाको तुलनामा अहिले मुलाको बिक्री कम र उत्पादन बढी हुँदै गएको उनको भनाइ छ । बिक्री नभएर बचेका मुला काटेर धजरा बनाउने र हिउँदमा बजारमा लगेर बिक्री गर्ने गरेको उनले बताए । (रासस)

वि.सं.२०७६ कात्तिक २६ मंगलवार १२:४४ मा प्रकाशित

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

अत्तरिया (कैलाली)  । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको...

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...