back
CTIZAN AD

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

वि.सं.२०८३ जेठ २९ शुक्रवार

303 

shares

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरेको छ । वडा नं ४ का किसानलाई भैँसीपालन प्रवद्र्धन कार्यक्रमअन्तर्गत अनुदानमा दुहुना भैँसी हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए ।

बागमती प्रदेश र इच्छाकामना गाउँपालिकाको सशर्त अनुदानमा सञ्चालित कार्यक्रमअन्तर्गत निर्माण भएका गोठ तथा खरिद गरिएका दुहुना भैँसीको अनुगमन समेत गरिएको छ । गाउँपालिकाका अनुसार भैँसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत अनुदानका लागि गोठ निर्माणका लागि २० जना र दुहुना भैँसी खरिदका लागि गर्ने ३५ जना किसानले निवेदन दिएका थिए । जसमध्ये हालसम्म २० जना किसानले दुहुना भैँसी खरिद गरिसकेका छन् । ती भैँसी गोठमै पुगी अनुमगन गर्नुका साथै भैँसी हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।

अध्यक्ष गुरुङका अनुसार ५० प्रतिशत अनुदानअन्तर्गत प्रतिकिसान अधिकतम रु ७५ हजारसम्म उपलब्ध गराइएको छ । गाउँपालिकाले भैँसी प्रवद्र्धनका लागि रु ४५ लाख विनियोजन गरेको छ ।

उहाँले व्यावसायिक पशुपालनमार्फत किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए । उनले वडा नं ५ मा चालु अर्थिक वर्षमा व्यावसायिक गाईपालनका लागि किसानलाई अनुदान कार्यक्रम सञ्चालन गरिएको बताए ।

यसैगरी, वडा नं ६ मा बाख्रापालनका लागि व्यवस्थित खोर निर्माणका लागि अनुदान गरिएको छ । सबै वडामा किसानको मागअनुसार कृषिमा विभिन्न पकेट क्षेत्र घोषणा गरी अनुदानका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । वडा नं ३ मा सुन्तला प्रवद्र्धन र वडा नं १ र २ मा तरकारी प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको गुरुङको भनाइ छ ।

बाख्रा र भैँसीपालन गर्दै आउनुभएका कुरिनटारकी सावित्री त्रिपाठीले गाउँपालिकाले अनुदान प्रदान गरेसँगै किसानलाई सहज भएको बताए । उनले आफूले दैनिक आठ÷नौ माना दूध बेचेर आम्दानी गर्दै आइरहेको बताए ।

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:३५ मा प्रकाशित

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...