back
CTIZAN AD

गायिका देविकाले सन्दीपलाई “काठमाडौंमा घर छ” भन्दै घुर्की लाएपछि..

वि.सं.२०७३ मंसिर १७ शुक्रवार

897 

shares

devika-ra-sandip

चर्चित लोक तथा दोहोरी गायिका देविका केसी र गायक सन्दिप न्यौपानेको लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ । आशिष म्युजिक प्रालिको प्रस्तुति रहेको गीति एल्बम “काठमाडौंमा घर छ” युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

नेपाली गित सङ्गीतमा माया प्रेम, मिलन, बिछोडका विषय वस्तुलाई बढी प्राथमिकता दिएर गितहरु तयार हुने गरेका छन । अझ भन्नुपर्दा नेपाली सङ्गीत बजारमा अडियो एल्वम त बिक्न छोडेको पनि वर्षौ भयो, यति सम्म भयो कि भिडियो नबनाए सम्म कुनै पनि गित मिडियामा बज्दैनन । यतिबेला केवल युट्युवको भरमा कलाकारहरुले दैनिकी चलाई रहेका छन ।

पछिल्लो समय नेपाली सङ्गीत बजार ओरालो लागेतापनि नया कलाकार भित्रिने र कलाकारहरुले आफ्ना दर्शक श्रोताहरुको रोजाई तथा माग अनुसारका नया(नया गितहरु बजारमा पस्किने क्रम भने तीव्र गतिमा बढीरहेको छ । लगानी समेत उठ्न नसक्ने अवस्था भइसकेको नेपाली साँगीतिक बजारमा दिनानुदिन गित सङ्गीत उत्पादन भने दोब्बर बन्दै गैईरहेको छ ।

प्रदेशमा रहेर पनि नेपाली लोक गित संगितमा निरन्तर प्रस्तुती दिदै आएकी गायिका केसी पछिल्लो समय अलि फरक किसिमको गित लिएर बजारमा आएकी हुन् । केसीले विभिन्न समयमा आफ्ना फरक(फरक प्रस्तुतिले दर्शक श्रोताहरुलाई पूर्ण रुपमा मनोरञ्जन प्रदान गर्दै आएकी छन । विभिन्न देशमा आयोजना हुने सास्कृतिक कार्यक्रममा समेत सहभागी हुदै आएकी गायिका के।सी। एक कुशल कार्यक्रम प्रस्तोता पनि हुन।

भर्खरै मात्र सार्वजनिक गरिएको “काठमाण्डौमा घर छ” बोलको गीतमा पूर्ण रुपमा समाजको यथार्थ घटनालाई देखाइएको छ । उक्त गीतमा माया प्रेम भन्दा पनि घन सम्पतिका कुराहरु जोडिएका छन । ठट्यौली पारामा तयार भएको गितलाई दर्शक श्रोताहरु ले निकै नै मन पराएका छन् ।

नरेश खातीको शब्द संगीत रहेको गीतमा गायिका के।सी। र सन्दिप न्यौपानेले स्वर दिएका छन् । शंकर बिसीको निर्देशन रहेको भिडियोमा आरुसी, एस गौतम, र अमृतले अभिनय गरेका छन । गीतको भिडियोलाई राजेश घिमिरेले छायाँकन तथा नबिन घर्ती मगरले सम्पादन गरेका हुन ।

वि.सं.२०७३ मंसिर १७ शुक्रवार १४:५५ मा प्रकाशित

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

https://youtu.be/ibrt_hZ0XU0?list=RDibrt_hZ0XU0   काठमाडौँ । मिराज अर्यालको निर्देशनमा बहुप्रतिक्षित लोकदोहोरी गीत...

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

काठमाडौँ । चलचित्र क्षेत्रमा सक्रिय कलाकर्मीहरूले दर्शकलाई चलचित्र भवनसम्म ल्याउन...

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र...