“सुख दुखमा साथ –लमजुङ सेवा समाज” भन्ने पबित्र नारा बोकेर कतारमा स्थापना भएको लमजुङ सेवा समाजले बिगत केहि वर्ष देखि कतारमा कार्यरत डम्बर बहादुर गुरुङ को असामायिक निधन प्रति दुख ब्यक्त गर्दै उनका परिबारको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
दिन भरी काम गरे पछी रातिको खाना खाई आफ्नै ओछ्यानमा सुतेका लमजुङ जिल्ला गौडा गाबिस डाडा थोक घर भएका डम्बर बहादुर गुरुङ यहि अक्टोबर ११ तारिकका दिन देखि कहिल्यै नउठ्ने गरि सुतेको सुत्यै भएका हुन । हुनत खाडीमा काम गर्ने प्राय धेरै जसोको मृत्युको कारण यस्तै रहस्यमय नै हुने गरेको छ । काम को प्रकृति , खान पिन र त्यहाको वातावरण नै मृत्युको प्रमुख कारण रहेको बिज्ञहरु बताउछन ।
मृतक गुरुङको मृत्यु पश्चात उनको मृत शरीरलाई पोस्टमार्टमको लागि केहि दिन सम्म दोहाको हमाद सरकारी हस्पिटलमा लागि राखिएको थियो । गुरुङको मृत्युको बारेमा कतारमा थाहा भै सके पछी कतारमा गठित लमजुङ सेवा समाजको अध्यक्ष बिष्णु लाल श्रेष्ठ लगायत सम्पूर्ण सदस्यहरुको संयुक्त सहभागितामा घटनाको सत्य तथ्य कारणहरुको बारेमा जानकारी लिने तथा उनि कार्यरत कम्पनिको मालिक र अस्पताल प्रशासन संग पटक पटक सम्पर्क गरि मृतकको शबलाइ कसरी सकेसम्म चाडो घर पठाउन सकिन्छ भन्ने बारेमा प्रयास गरिएको थियो ।
केहि दिनको कानुनि प्रक्रिया पश्चात नोभेम्बर ४ तारिक बिहान लमजुङ सेवा समाजका अध्यक्ष र सल्लहाकार शुशील खड्का र अन्य सक्रिय सदस्यहरु बिनोद बसौला, अर्जुन सेडाई ,शिब रसाइली ,कर्म गुरुङ ,संजय रेग्मी ,हरि गुरुङ, उपेन्द्र सोती र कृष्ण बराल लगायतको टोलि हमाद हस्पिटल सम्म पुगी मृतकको शबलाइ विमानस्थल सम्म लैजान को लागि सहयोग गरेको थियो । त्यस्तै ४ नोभेम्बर सुक्रवार सस्थाको मासिक नियमित वैठकका स्वर्गीय डम्बर बहादुरको निधनमा शोक प्रस्ताब पनि पारित गरेको थियो ।
कतारमा भएको डम्बर बहादुरको निधनले घर परिवार छरछिमेक सबैलाई स्तब्ध मात्रै बनाएन कि घरमा भएको श्रीमतीलाई बिधवा र दुई नाबालक छोराहरुलाइ टुहुरो पनि बनाएर छोड्यो । परिबारीक स्रोतका अनुसार उनका २ भाई छोराहरु जेसन गुरुङ र राजन गुरुङ लमजुङकै भोटेओडारमा अबस्थित भू पु सैनिक आवासीयबिधालयमा कक्षा ५ र ८ अध्ययन गर्ने गरेको र बुबाको मृत्यु पश्चात कमजोर आर्थिक अबस्थाका कारण उनीहरुले पढाइ नै बिचमा छोड्नु पर्ने बध्यता भएको जानकारी पाइएपछि कतारमा गठित लमजुङ सेवा समाजले उनिहरु अध्ययानरत बिधालयमा निसुल्क पठन पाठनको लागि अनुरोध पत्र पठाएको छ । साथै मृतकको आर्थिक अबस्था कम्जोर रहेकोले दैनिक जीवन यापनका लागि सजिलो होस् भन्ने हेतुले लमजुङ सेवा समाज कतारका सदस्यहरुबाट स्वैच्छिक रुपमा ९०००९ (नब्बे हजार नौ नेपाली रुपैया) नगद संकलन गरि यहि ३० नोभेम्बरका दिन सस्थाका प्रथम उपाध्यक्ष खुसिराम गुरुङ, सदस्यहरु रामचन्द्र अधिकारी, राज लोप्चान र सन्त बहादुर गुरुङको उपस्तितीमा उहाको आफ्नै निवासमा समाजका भद्र भलाद्मी, बुद्धिजीवी तथा पत्रकारहरुको भेला गरि श्रीमती हरि माया गुरुङ र दुई छोरा हरु राजन गुरुङ र जेसन गुरुङको सयुक्त नामको खातामा डिपोजिट गरिएको रकमको चेक हस्तान्तरण गरिएको थियो ।
सस्थाका उपाध्यक्ष खुसिराम गुरुङका अनुसार मृतकको सहयोगका लागि चन्दा स्वरुप हालसम्म लमजुङ सेवा समाज कतारको तर्फबाट नब्बे हजार नौ, पुर्बी लमजुङ सेवा समाजका अध्यक्ष खेम गुरुङको सक्रियतामा दुइ लाख पैतिस हजार छ सय दस र पुर्बी लमजुङ तमु युबा समाजबाट अन्ठाउन्न हजार गरि जम्मा तिन लाख त्रियासी हजार छ सय उन्नाइस रुपैया संकलन भएको थियो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा समाजका बुद्धिजीवी क्याप्टेन श्री खड्क गुरुङले लमजुङ सेवा समाज कतार र पुर्बी लमजुङ तमु युबा समाजले गरेको मानबिय सहयोगको उच्च मूल्यांकन गर्दै सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो भने मृतकको श्रीमती गला अबरुद्ध पार्दै आफ्नो लागि सहयोग गरि दिनु हुने सम्पूर्ण सहयोगी हात हरुलाइ धन्यवाद दिनु भयो ।
वि.सं.२०७३ मंसिर १७ शुक्रवार १४:४४ मा प्रकाशित