back
CTIZAN AD

संशोधन प्रस्तावलाई निष्कर्षमा पु¥याइने प्रधानमन्त्रीको दावी

वि.सं.२०७३ मंसिर १९ आइतवार

882 

shares

१९ मंसिर। काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावलाई प्रतिबद्ध भएर अगाडि बढाएर निष्कर्षमा पु¥याउने बताउनुभएको छ ।

नेपाल टेलिभिजनको “सिधा कुरा प्रधानमन्त्रीसँग” कार्यक्रममा शनिबार साँझ उहाँले सबै राजनीतिक दलसँग निरन्तररुपमा छलफल भइरहेकाले प्रस्ताव निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “अन्ततः मधेसी मोर्चा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहमतिमा आउनै पर्छ, देशलाई निकास दिनैपर्छ ।”

संविधानको कार्यान्वयनका लागि पनि देशलाई निर्वाचनमा लैजानुपर्नेमा जोड दिँदै उहाँले देशको समस्या हल गर्नका लागि सहमतिबाटै अगाडि बढेर मात्र नेपाली समाजलाई स्थिरता दिन सकिने बताउनुभयो ।

संविधानको स्वीकार्यतालाई फराकिलो बनाउने उद्देश्यले मधेसी गठबन्धन र सत्ता साझेदार दलसँग छलफल भएर नै प्रस्ताव ल्याइएको बताउँदै प्रधानमन्त्री प्रचण्डले संशोधनको विरोधमा गम्भीरता कम भएको बताउनुभयो ।

उहाँले संशोधन प्रस्तावलाई सकेसम्म सर्वस्वीकार्य बनाउनका लागि पर्याप्त छलफल भएकाले क्षणिक राजनीतिक लाभका लागि नैतिकतालाई बन्धक बनाएर जनतालाई उचाल्न नहुने बताउनुभयो ।

समग्र मुलुकलाई एकताबद्ध गर्नका लागि संशोधन प्रस्ताव सही भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “म जनताको भावनालाई सम्मान गर्छु, तर क्षणिक राजनीतिक लाभका लागि राजनीतिक दलका नेताले जनताको भावनालाई अनावश्यक उचाल्नु हुँदैन ।”

वि.सं.२०७३ मंसिर १९ आइतवार ०३:२० मा प्रकाशित

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको...

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

अत्तरिया (कैलाली)। कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा रु...

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु...

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

काठमाडौँ ।  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको...

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै...

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौँ । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन...