
२० मसिंर, काठमाडौँ । दैनिक १८ सयदेखि २२ सय बिरामी आउने वीरका ८० प्रतिशत सेवाग्राही गरीब तथा विपन्न हुन्छन् ।
तिनैका लागि स्वेदेशी मात्र होइन, विदेशी अनुदानमा संरचना निर्माण भइरहेका छन् । तर, उपकरण र जनशक्तिको अभावले बिरामीले उपचार पाउँदैनन्, बरु उनीहरुलाई निजी अस्पतालमा पठाइन्छ ।
देशको जेठो अस्पताल वीरको समस्या देखेर जापानी सहयोग नियोग ( जाइका) ले ८८ करोड करोड लागतमा सय शैयाको तीनतले नयाँ भवन बनाइदिएको छ । तर, नेपाल सरकारलाई औपचारिक रुपमा हस्तान्तरण गरेको पाँच महिनासम्म पनि सञ्चालनमा आउन सकेको छैन ।
आइसियू अभावका कारण वीरबाट दैनिक १० बिरामी महँगा निजी अस्पतालमा रेफर हुन्छन् । वीरमा एक रातको आइसियू शुल्क करिब तीन हजार छ, तर निजीमा चार गुणासम्म महँगो छ ।
हाल वीरमा पुराने आइसियू ६ र नयाँ पाँच गरी ११ शैया सञ्चालनमा रहेको छ । जाइकाले बनाइदिएको नयाँ भवनमा ३० शैया सञ्चालन गर्ने योजना छ । तर , कहिले सञ्चालन हुन्छ भन्ने निश्चित छैन । शुक्रबारको नयाँ पत्रिका दैनिकबाट
वि.सं.२०७६ मंसिर २० शुक्रवार ०७:१२ मा प्रकाशित