back
CTIZAN AD

नेपाल हवाई खेलकूद संस्थामा भण्डारी निर्वाचित

वि.सं.२०७६ मंसिर २० शुक्रवार

693 

shares

२० मसिंर, काठमाडौँ । नेपाल हवाई खेलकूद संस्था (ना) को अध्यक्ष पदमा कृष्ण भण्डारी निर्वाचित भएका छन् । पोखरामा बिहीबार साँझ सम्पन्न संस्थाको आठौँ अधिवेशन तथा १७औँ साधारणसभामा शोभित बानियाँलाई पराजित गरी भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन् ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा वसन्तराज दवाडी, प्रथम उपाध्यक्षमा इन्द्र भण्डारी, द्वितीय उपाध्यक्षमा भरतप्रसाद तिमिल्सिना, तृतीय उपाध्यक्षमा नारायण पराजुली, प्राविधिक उपाध्यक्षमा अनिल केसी र महासचिवमा बलराम आचार्य निर्विरोध निर्वाचित भए ।

त्यस्तै सचिवमा माधव तिवारी, कोषाध्यक्षमा एलिश थापा र सहकोषाध्यक्षमा चीनबहादुर बानियाँ निर्वाचित भउका छन् । सदस्यमा शर्मिला शर्मा, सङ्गीता अधिकारी, खुबबहादुर गुरुङ, दीपक थापा, सुभाष थापा निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित भण्डारीले पोखराको प्याराग्लाइडिङ क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन आफ्नो तर्फबाट थप योगदान रहने प्रतिबद्धता व्यक्त गरे ।

अधिवेशनको अवसरमा इण्डोनेशियामा सम्पन्न १८औँ एशियाली खेलकूदमा नेपाललाई प्याराग्लाइडिङमा रजत पदक दिलाउन सफल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गरिएको थियो ।

त्यस्तै पत्रकारिताको माध्यमबाट हवाई खेलकूदको प्रवद्र्धनमा निर्वाह गरेकामा पत्रकारद्वय केशव पाठक र सुमन ढुङ्गानालाई रु १५ हजारसहित सम्मान गरिएको थियो । संस्थामा हाल ६० व्यावसायिक संस्था र ३०० पाइलटहरु आबद्ध छन् ।

वि.सं.२०७६ मंसिर २० शुक्रवार ११:४७ मा प्रकाशित

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...