२१ मंसिर, काठमाण्डौं । पर्बतको बिहादी गाउपालिका उरामका युवा सुन्दर भुसाल बिश्व प्रजातान्त्रिक युवामंच (WFDY) को उपाध्यक्षमा निर्वाचित भएका छन् ।
हालै साइप्रसको निकोसीयामा संपन्न बिश्व प्रजातान्त्रिक युवामंचको २० औ साधारणसभाले उपाध्यक्षमा नेपालको राष्ट्रिय युवासंघलाइ निर्वाचित गरेको र संघका तर्फबाट सुन्दर भुसालले प्रतिनिधित्व गर्ने समाचारको पुष्टि सो संघका संयोजक राम प्रसाद सापकोटा दिपशिखाले गरेका छन् ।
उपाध्यक्षमा निर्वाचित भुसालले बिश्वको वर्तमान अवस्थामा मानव सभ्यताका लागी युवाहरुकौ सदुपयोगलाइ चुनौतिको रुपमा लिंदै राष्टिय युवा संघ र नेपालको गरीमा बढाउने गरी आफु अघि बढने कुरा बताएका छन् ।
वि.सं.२०७६ मंसिर २१ शनिवार १२:०८ मा प्रकाशित






























