back
CTIZAN AD

सडेगलेका विचारले नै कुहिगन्धे काम गराउँछ

वि.सं.२०७६ मंसिर २१ शनिवार

882 

shares

सिद्धान्त र ब्यवहारका बिचमा जे जस्तो द्वन्द्वात्मक, अन्योन्याशृत र परिपूरक सम्बन्ध हुन्छ वा हुनुपर्दछ ः ठिक त्यही र त्यस्तै सम्बन्ध विचार र आचारका बिचमा, संगठन र संघर्षका बिचमा, राजनीति र संस्कृतिका बिचमा, मति र गतिका बिचमा, नीति र कृतिका बिचमा, शब्द र कर्मका बिचमा अर्थात् भनाइ र गराइका बिचमा हुन्छ र हुनै पर्दछ । अन्यथा हरेक पछिल्ला पक्षका नराम्रा कामहरुले अघिल्ला पक्षका राम्रा कुराहरुलाई पनि प्रभावित पार्ने अर्थात् उल्टाइदिने वा खाइदिने गर्छन् र परिणाम उल्टो आउँछ । आज हाम्रो राजनीति, समाज र संस्कृतिमा देखापरेको यो एउटा सर्वाधिक ठूलो र दुखद विडम्बनायुक्त खतरा हो ।

कसैको विचार सही, वस्तुवादी र बैज्ञानिक भएमा उसको आचार पनि सही, स्वच्छ र राम्रो हुनु पर्ने त हो तर सामान्यतया विचार जस्तो शुद्ध र सपाट व्यवहार हुने गरेको कमै पाइन्छ । त्यसैले त ब्यवहारलाई विचारले निरन्तर खबर्दारी र हस्तक्षेप गरेको हुन्छ वा गर्नुपर्दछ । जे होस्, यसरी स्पस्ट हुन्छ कि कसैको विचार राम्रो छ भने उसको आचार पनि स्वत : वा सही विचारको प्रभावको कारणले राम्रो नै हुन्छ वा हुनै पर्दछ । तर, दुखद विडम्बना यो छ कि, हाम्रो देशमा विचारले आचारलाई सकारात्मकता दिएको त्यति देख्न पाइँदैन । यस्तो किन भएको वा हुन्छ होला ? प्रश्न गम्भीर र विचारणीय छ ।

यस्तो हुनुलाई मान्छेले विचारको असफलता र असमर्थता वा निरर्थकता वा निस्कृयता पनि भन्छन् र साम्राज्यवादी उत्तर आधुनिकतावादीहरुले त विचारको मृत्यु वा शुन्यता सम्म भन्छन् । आज संसारका प्रायजसो समाजवादी देशहरुमा प्रतिक्रान्ती हुनुलाई माक्र्सवादको अवसानको रुपमा उनीहरुले व्याख्या गर्दै आएका छन् । तर, उनीहरुको यो विश्लेषण र संश्लेषण पूर्णत : गलत छ । वास्तवमा आज नेपालमा मात्र होइन समस्त संसारभरीका कम्युनिस्ट भनिएका प्राय : नेतृत्व र व्यक्तित्वहरुका जीवन-व्यवहारमा र आचार-संस्कारहरुमा जो विपरीतता वा अनमेल देखिएको पाइन्छ, त्यसका पछाडिको कारण उनीहरुले मुखले बोलेको, कलमले लेखेको वा कम्प्युटरले टाइप गरेको दस्तावेजीकृत बाहिर देखिने वा देखाइने गरेका विचारहरु गलत भएर उनीहरुका व्यवहार गलत भएका होइनन् कि बरु उनीहरुका भित्री मन, मस्तिष्क, चिन्तन वा नियतमा रहेका खोटा, गलत, पुराना र म्याद नाघेका संशोधनवादी र नवप्रतिकृयावादी विचारहरु रहेकाले र तिनै लुप्त र छद्म रुपमा रहेका गलत र भ्रामक विचारहरु अनुसार नै उनीहरुका काम–व्यवहार र गतिविधिहरु भएका हुनाले पो हामीलाइ अर्थात् देश र जनता अनि पार्टी र क्रान्तिलाई गलत, अपृय, अवान्छित र अस्वाभाविक लाग्ने कामकारबाहीहरु भएका हुन् !

यसरी छर्लङ्ग हुन्छ कि आज कथित कम्युनिस्ट क्रान्तिकारी र सर्वहारा समाजवादी नामका प्राय : सत्ता, सरकार वा सदनमा रहेका पार्टी र नेता-शासकहरुका भनाइ र गराइमा बाहिर देखिएको अन्तर सही होइन कि बरु तिन्का भित्री बासी सडेगलेका विचारहरु अनुसार नै यी कुहिगन्धे काम-व्यवहारहरु भएका हुन् । अथवा यसो भनौं जस्तो विचार उस्तै आचार भएको हो । सत्य र अकाट्य कुरा के हो भने सही विचारले सही व्यवहार गराउँछ र गलत विचारले गलत व्यवहार गराउँछ । आज हाम्रो देशमा शक्तिशाली र शीर्ष दरिएका सबैजसो नेता-शासकहरुबाट हुने गरेका जनहितविरोधी, राष्ट्रहितविरोधी र क्रान्तिहितविरोधी कामकार्यवाहीहरुका पछाडी ती नेता-शाषकहरुभित्र अन्तनिर्हित स्वार्थी, भ्रष्ट, कायर र दलाल चिन्तन र चरित्र भएकाले नै हो । साथै देशमा हिजो वा आज देश, जनता, क्रान्ति र प्रगतिका पक्षमा जे जस्ता राम्रा कामकारबाहीहरु भएका र भइरहेका छन्, यिनका पछाडी पनि ती शक्ति र व्यक्तिहरुभित्र रहेका तुलनात्मक रुपले जनपक्षिय, क्रान्तिपक्षीय र देशहितपक्षीय स्वच्छ, सही र न्यायपूर्ण विचार र भावनाहरुले गर्दा नै हो भन्ने सत्य कुरा उद्घोष गर्न हिचकिचाउनु पर्दैन ! अस्तु !!

लेखक शर्मा, नेकपाका नेता हुन् ।

 

वि.सं.२०७६ मंसिर २१ शनिवार १२:२७ मा प्रकाशित

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

१. पृष्ठभूमि नेपाली समाज र यसको अर्थतन्त्रमा देखिएको विडम्बना वा...

 सक्कली माननीय

 सक्कली माननीय

“माननीय” शब्द संस्कृत मूलबाट आएको हो। “मान” अर्थात् सम्मान, आदर,...

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...