back
CTIZAN AD

धावक किरण सिंह बोगटीलाई स्वर्ण, यो सँगै नेपालको स्वर्ण ४२ पुग्यो

वि.सं.२०७६ मंसिर २१ शनिवार

855 

shares

२१ मंसिर, काठमाण्डौं । तेह्रौं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको म्याराथनमा नेपालका किरण सिंह बोगटीले स्वर्ण पदक जित्नुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपाली धावक किरणले निर्धा्रित दूरी २ घण्टा २१ मिनेट १७ सेकेन्ड समय खर्चंदै नेपाललाई स्वर्ण पदक दिलाएका छन् ।

सोही स्पर्धामा भारतका रसपाल सिंहले रजत पदक जिते । उनले २ घण्टा २१ मिनेट ५७ सेकेन्ड समय लगाउँदै रजत जितेका हुन् । भारतकै श्रे सिंहले कास्यपदक हात पारे । उनले २ घण्टा २२ मिनेट ०७ सेकेन्डसहित कास्य जितेका हुन् ।

सोही स्पर्धाको म्याराथनमा नेपालका धावक बैकुण्ठ मानन्धरको नाममा कीर्तिमान रहेको छ । उनले तेस्रो सागमा २ घण्टा १५ मिनेट ०३ सेकेन्डको समय निकाल्दै कीर्तिमान बनाउनुभएको थियो । अहिलेसम्म त्यो कीर्तिमान भङ्ग हुन सकेको छैन ।

सोही स्पर्धाको महिलातर्फको श्रीलङ्काकी हिरुनी केसराले स्वर्ण पदक जितिन् उनले २ घण्टा ४१ मिनेट २४ सेकेन्ड समय खर्चंदै स्वर्ण जितेकी हुन् । त्यस्तै नेपालकी पुष्पा भण्डारीले रजतपदक हात पारिन् । उनले २ घण्टा ५० मिनेट ११ सेकेन्ड समयमा पूरा गरिन् । भारतकी ज्योति गावाटीले २ घण्टा ५२ मिनेट ११ सेकेन्डको समयसहित कास्य पदक हात पारिन् ।

एथ्लेटिक्सको आठ सय मिटर दौडको पुरुषमा नेपालका सोमबहादुर कुमालले कास्यपदक हात पारे । उनले १ मिनेट ५१.४४ सेकेन्डको समय खर्चिए । १ मिनेट ५०.५२ सेकेन्डको समयसहित श्रीलङ्काका इन्दुनिलले स्वर्ण जित्दा भारतका मोहमदले १ मिनेट ५१.२५ सेकेन्डको समयसहित रजत पदक हात पारेका थिए ।
जारी सागमा नेपालका यो ४२ औँ स्वर्ण पदक होे ।

वि.सं.२०७६ मंसिर २१ शनिवार १२:५७ मा प्रकाशित

कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतसँगका सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट...

प्रतिनिधिसभा बैठक सुरु, नियमावली पारित गर्ने कार्यसूची

प्रतिनिधिसभा बैठक सुरु, नियमावली पारित गर्ने कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक निर्धारित समयमन्दा २५ मिनेट ढिला सुरु...

इरानतर्फ जाँदै गरेको मालवाहक जहाजमाथि अमेरिकी क्षेप्यास्त्र प्रहार

इरानतर्फ जाँदै गरेको मालवाहक जहाजमाथि अमेरिकी क्षेप्यास्त्र प्रहार

वासिङ्टन । अमेरिकी सेनाले इरानका बन्दरगाहहरूमा लगाएको नाकाबन्दी तोडेर प्रवेश...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...

सशस्त्र प्रहरीका जवानसहित दुई जना बेपत्ता

सशस्त्र प्रहरीका जवानसहित दुई जना बेपत्ता

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरीका एक...

प्रदेशसभा बैठकः नीति तथा कार्यक्रममा छलफल

प्रदेशसभा बैठकः नीति तथा कार्यक्रममा छलफल

मकवानपुर । बागमती प्रदेशसभाको बैठक सोमबार अपराह्न १ः०० बजे बस्नेछ...