back
CTIZAN AD

धानको बीउबाट पीडित भएका १२० भन्दा बढी किसानबाट क्षतिपूर्ति माग

वि.सं.२०७६ मंसिर २१ शनिवार

789 

shares

२१ मंसिर, नुवाकोट । गरिमा जातको धान भनेर नक्कली बीउ परेका कारण पीडित भएको भन्दै नुवाकोटका १२० भन्दा बढी किसानले क्षतिपूर्तिको लागि कृषि ज्ञान केन्द्रमा निवेदन दिएका छन् ।

गरिमा जातको धान भनेर नक्कली बीउ लगाएका कारण नोक्सान ब्यहोरेका किसानलाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउने तयारी गरेपछि पीडित किसानबाट निवेदन सङ्कलन भइरहेको केन्द्रका प्रमुख तेजप्रसाद दुवाडीले जानकारी दिए ।
उनका अनुसार उन्नत जातमा पर्ने गरिमा नामक बीउ भनेर भारतबाट ल्याएको नक्कली धानको बीउ रोपेका किसानले एक हजार १०० रोपनीमा लगाएको धानमा नोक्सान पुगेको भन्दै क्षतिपूर्ति माग गरेका छन् ।

“किसानले लगाएको धान नफलेपछि सरकारले क्षतिपूर्ति दिन सकिने आश्वासन दिएपछि उनीहरुसँग निवेदन सङ्कलन भइरहेको छ”, केन्द्र प्रमुख दुवाडीले भने, “प्राप्त निवेदनअनुसार क्षतिपूर्तिको लागि बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र काठमाडौँमा सिफारिस गर्नेछौँ ।” केन्द्रले क्षतिपूर्तिको लागि वडा तथा स्थानीयतहको सिफारिस, बीउ खरीद गरेको बिल र क्षति भएको धानखेतको तस्वीरलगायतका प्रमाण खुल्ने विवरणसहित निवेदन दिन किसानलाई आग्रह गरेको छ ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गरिमा जातको धान भनेर नक्कली बीउ लगाई नोक्सान ब्यहोरेका किसानलाई क्षतिपूर्ति दिने निर्णय गरेपछि राहत पाउने आशामा पीडित बनेका किसान उत्साहित हुँदै निवेदन दर्ता गराएका छन् । गरिमा जातको धानको बीउ लगाएका कारण जिल्लाको बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकाको किसान बढी प्रभावित भएका छन् । नक्कली बीउ बिक्री गर्ने एग्रोभेट तथा वितरकको समेत लापरबाही पाइएकाले उनीहरु माथि पनि कारवाही गर्ने केन्द्रले चेतावनी दिएको छ । रासस

वि.सं.२०७६ मंसिर २१ शनिवार १३:०४ मा प्रकाशित

सशस्त्र प्रहरीका जवानसहित दुई जना बेपत्ता

सशस्त्र प्रहरीका जवानसहित दुई जना बेपत्ता

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरीका एक...

प्रदेशसभा बैठकः नीति तथा कार्यक्रममा छलफल

प्रदेशसभा बैठकः नीति तथा कार्यक्रममा छलफल

मकवानपुर । बागमती प्रदेशसभाको बैठक सोमबार अपराह्न १ः०० बजे बस्नेछ...

दश महिनामा एकतिस अर्ब एकतिस करोडका सवारीसाधन आयात

दश महिनामा एकतिस अर्ब एकतिस करोडका सवारीसाधन आयात

वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको प्रथम १० महिनामा रु...

सेवासुविधा बढाउन विद्यालय कर्मचारीको माग

सेवासुविधा बढाउन विद्यालय कर्मचारीको माग

काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आगामी आर्थिक वर्षका लागि...

सान फ्रान्सिस्कोमा सगरमाथा दिवस मनाइयो

सान फ्रान्सिस्कोमा सगरमाथा दिवस मनाइयो

काठमाडौँ । ‘सगरमाथा, विश्वको सर्वोच्च शिखरः नेपालको पहिचान र गौरव’...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...