back
CTIZAN AD

विभिन्न क्षेत्रका विज्ञहरु नास्टद्वारा पुरस्कृत

वि.सं.२०७६ मंसिर २१ शनिवार

1.2K 

shares

२१ मंसिर, काठमाण्डौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)ले विभिन्न क्षेत्रमा योगदान पु¥याउने विज्ञ तथा संस्थाहरुलाई पुरस्कृत गरेको छ । नास्टले अनुसन्धान र प्रविधिका क्षेत्रमा योगदान पु¥याउन संस्था तथा व्यक्तिहरुलाई १५ विधामा २७ विज्ञ तथा संस्थाहरुलाई पुरस्कृत गरेको हो ।

जसअनुसार कुलपति राष्ट्रिय नव–प्रवर्तन पुरस्कारबाट तीलगंगा आँखा प्रतिष्ठान, काठमाडौँलाई, विज्ञान पुरस्कारबाट नर्भिक इन्टरनेशनल हस्पिटलका डा यादवकुमार देव भट्ट, प्रविधि पुरस्कारबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रदान गरिएको छ ।

त्यसैगरी विज्ञान तथा प्रविधि युवा पुरस्कारबाट त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र केन्द्रीय विभागका डा अच्युत अधिकारी, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौँका डा सर्मीला तण्डुकार, प्रदेश नं ५ बुटबल प्रदेश योजना आयोगका डा विष्णुप्रसाद गौतम, त्रिभुवन विश्वविद्यालय अन्तर्गत अमृत क्याम्पसका डा प्रधुम्न महत क्षेत्री र नेशनल जुनोसिस एण्ड फुड हाइजिन रिसर्च सेन्टर काठमाडौँका डा योगन्द्र शाहलाई प्रदान गरिएको छ ।

महिला विज्ञान तथा प्रविधि पुरस्कारबाट त्रिभुवन विश्वविद्यालय रसायनशान्त्री केन्द्रीय विभागकी प्रा.डा अर्मिला राजभण्डारीलाई, प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रबद्र्धन पुरस्कारबाट बायोटेनोलोजी सोसाइटी अफ नेपाल भक्तपुर र त्रिुभुवन विश्वविद्यालय अन्तर्गत त्रिचन्द्र क्याम्पसका दिपेन्द्र पराजुलीलाई दिइएको छ ।

विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कारबाट साइन्स इन्फोटेक काठमाडौका गोपाल भण्डारी, विज्ञान शिक्षक पुरस्कारबाट तरुण माध्यमिक विद्यालय बालाजु काठमाडौँका कपिलजंग पाण्डे, उत्कृष्ट विद्यार्थी पुरस्कार(विज्ञान)बाट काठमाडौँ मोडेल सेकेण्डरी स्कुल काठमाडौँका अविसेक चौधरी, प्रसादी एकेडेमी सेकेण्डरी स्कुल ललितपुरका अस्मिता जोशी र हेटौंडा स्कुल अफ मेनेज्मेन्ट सेकेण्डरी स्कुल मकवानपुरकी निशा कुमारी चौधरी पुरस्कृत  भएका छन् ।

दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कारबाट सेन्ट जेमिभर्स कलेज काठमाडौबाट समिक्षा कंडेल र त्रिभुवन जैविक प्रविधि केन्द्रीय विभागका महेश लम्साल, फणिन्द्रप्रसाद न्यौपाने अनुसन्धान पुरस्कारबाट त्रिभुवन विद्यालय अन्तर्गतको कृषि तथा पशु विज्ञान अनुसन्धान संस्थाकी सपना घिमिरे, नबिल विज्ञान तथा प्रविधि पुरस्कारबाट त्रिभुवन विश्वविद्यालय अन्तर्गतको महेन्द्र आदर्श बहुमुखी क्याम्पसका प्रा.डा. पर्शराम मिश्र, त्रिविवि त्रिचन्द्र क्याम्पसकी प्रा.डा विद्या श्रेष्ठ, एभरेष्ट इन्टरनेशनल क्लिनिक एण्ड रिसर्च सेन्टर ललितपुरका डा श्यामप्रकाश डुम्रे र क्याटलिष्ट टेक्नोलोजी प्रा.लि ललितपुरकी डा प्रतिभा पाण्डे, भुवनेश्वरी प्रविधि पुरस्कारबाट इनोभेटिभ डिजाइन कन्सर्न प्रा.लि ललितपुर, मोहनध्वज बस्नेत प्रविधि प्रज्ञा पुरस्कारबाट जी सी रिसर्च एण्ड डेभलपमेन्ट बुटबल रुपन्देही जीत बहादुर नकर्मी धानु प्रविधि पुरस्कारबाट इमेज एटलेयर ललितपुर पुरस्कृत भएका छन् ।

वि.सं.२०७६ मंसिर २१ शनिवार १३:५४ मा प्रकाशित

सशस्त्र प्रहरीका जवानसहित दुई जना बेपत्ता

सशस्त्र प्रहरीका जवानसहित दुई जना बेपत्ता

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरीका एक...

प्रदेशसभा बैठकः नीति तथा कार्यक्रममा छलफल

प्रदेशसभा बैठकः नीति तथा कार्यक्रममा छलफल

मकवानपुर । बागमती प्रदेशसभाको बैठक सोमबार अपराह्न १ः०० बजे बस्नेछ...

दश महिनामा एकतिस अर्ब एकतिस करोडका सवारीसाधन आयात

दश महिनामा एकतिस अर्ब एकतिस करोडका सवारीसाधन आयात

वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको प्रथम १० महिनामा रु...

सेवासुविधा बढाउन विद्यालय कर्मचारीको माग

सेवासुविधा बढाउन विद्यालय कर्मचारीको माग

काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आगामी आर्थिक वर्षका लागि...

सान फ्रान्सिस्कोमा सगरमाथा दिवस मनाइयो

सान फ्रान्सिस्कोमा सगरमाथा दिवस मनाइयो

काठमाडौँ । ‘सगरमाथा, विश्वको सर्वोच्च शिखरः नेपालको पहिचान र गौरव’...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...