back
CTIZAN AD

तेह्रौँ सागः क्रिकेटमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै जित्यो कास्य पदक

वि.सं.२०७६ मंसिर २३ सोमवार

972 

shares

२३ मङ्सिर, काठमाडौँ । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै कास्य पदक जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा तेस्रो स्थानको लागि आज भएको भिडन्तमा नेपालले माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै कास्य पदक जितेको हो । माल्दिभ्सले दिएको ९५ रनको सामान्य लक्ष्यलाई नेपालले १६ दशमलव १ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा आरिफ शेखले सर्वाधिक ३२ रनको योगदान दिनुभयो भने कप्तान ज्ञानेन्द्र मल्लले २२ रन जोडे । त्यस्तै रोहित पौडेलले १५ रन जोड्दा पवन सर्राफ १० तथा विनोद भण्डारीले १२ रनको योगदान गरे । बलिङतर्फ माल्दिभ्सका उमर अदमले ३ विकेट झारे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको माल्दिभ्स निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रनमा समेटिएको थियो । उसका लागि लिम साफेगले सर्वाधिक १९ रनको योगदान दिए भने मोहमद रिसवानले १७, कप्तान मोहमद माफोजले १६ तथा अमिल माउरुफले १३ रन जोड्नुभयो । माल्दिभ्सलाई ९४ रनमा समेट्नेक्रममा नेपालका ललितनारायण राजवंशीले ३ तथा सुशन भारीले २ विकेट लिए ।

नेपाल पहिलो खेलमा श्रीलङकासँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भूटानलाई १४१ रनले हराएको थियो । त्यसैगरी माल्दिभ्सलाई ८४ रनले हराएको थियो । बङ्गलादेशसँग ४४ रनले पराजित भएपछि नेपालको स्वर्ण पदक जित्ने संभावना समाप्त भएको थियो । पुरुषतर्फ स्वर्ण पदकका लागि आज नै श्रीलङ्का र बङ्गलादेश भिड्दैछन् ।

वि.सं.२०७६ मंसिर २३ सोमवार १३:२२ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...