back
CTIZAN AD

बाँदरले सखाप पारेपछि बैतडीमा ६ हजार हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन बाँझै

वि.सं.२०७६ मंसिर २३ सोमवार

1.1K 

shares

२३ मङ्सिर, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा नं ५, ७ र ८ का स्थानीय बासिन्दाले यो वर्ष पनि बर्खेबाली भित्र्याउन नपाएको गुनासो गरेका छन् । बाँदरले खेतमा लगाएको बर्खेबाली सखाप पारेपछि भित्र्याउन नपाएको स्थानीयवासी डम्मर टमाटाले जानकारी दिए ।

गत पाँच वर्षयता खेतमा लगाएको बाली भित्र्याउन नपाएको उदले गुनासो गरे । बाँदरले सबै बाली सखाप पार्दा खेतमा लगाएको अन्न भित्र्याउन नपाएको स्थानीय लक्ष्मी भट्टले जानकारी दिए । उनले भने, “पाँच वर्षयता खेतमा लगाएको अन्न कति पनि भित्र्याउन सकिएको छैन ।”

बाँदरले खेतमा लगाएको अन्नबाली, फलफूल र तरकारी नष्ट गरेपछि स्थानीय बासिन्दा हैरान बनेका छन् । खेतमा लगाएको अन्नबाली बाँदरले सखाप पारेपछि अधिकांशले खेत बाँझै छोडेको स्थानीय प्रेम कुँवरले जानकारी दिए । उनले भने, “खेतमा लगाएको अन्नबाली बाँदरले सखाप पार्दा स्थानीयवासीहरु खेत बाँझै छाड्न बाध्य भएका हौँ ।”

यसैबीच नगरका विभिन्न क्षेत्रमा रहेको बाँदर आतङ्क रोक्नका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाले तयार पारेको स्थानीय विपद् तथा जलवायु उत्थानशील योजनामा बाँदर आतङ्कले किसानहरु हैरान भएको तथ्याङ्क रहेकाले बजेट विनियोजन गरिएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिए । उनले भने “नगरपालिकाले बजेट विनियोजन गरे पनि बाँदर नियन्त्रण गर्ने उपाय भने खोज्न सकिएको छैन ।”

बाँदर धपाउनका लागि आवश्यक उपायको खोजी भइरहेको समेत नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए । उनले भने “नगरवासीहरुले बाँदर नियन्त्रणको माग राखेकाले बजेट विनियोजन गरिएको हो ।”

बैतडीमा पछिल्लो समय खेतीयोग्य जमीन बाँझै रहन थालेको छ । जङ्गली जनावरको आतङ्क र बसाइँसराइका कारणले छ हजार हेक्टर खेतीयोग्य जमीन बाँझै रहेको कृषि ज्ञानकेन्द्र बैतडीले जनाएको छ ।

बैतडीमा ३१ हजार ४५० हेक्टर क्षेत्रफल खेतीयोग्य जमीन रहेको भए पनि हाल २५ हजार ७०० हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिएको कृषि ज्ञानकेन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । उनका अनुसार किसानहरुले जङ्गली जनावर बाँदर र बँदेलको आतङ्कले बढीजसो खेतीयोग्य जमीन बाँझै छोड्ने गरेको बताए । आव २०७४/०७५ मा २० हजार ९०० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिँदै आएको भए पनि हाल घटेर १७ हजार ५०० हेकटरमा मात्रै गहुँखेती गरिन्छ ।

यस्तै बैतडीको प्रमुख खाद्यबाली मकै उत्पादन हुने क्षेत्रफल पनि घटेको छ । आव २०७४/०७५ मा १४ हजार ५०० हेक्टर क्षेत्रफलमा मकैखेती गरिँदै आएको भए पनि हाल घटेर १२ हजार २०० हेक्टरमा मात्रै गरिँदै आएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । धानखेती भने नौ हजार हेक्टर क्षेत्रफमा पहिलाकै जति गरिँदै आएको छ ।

बैतडीको पाटन, हाट, सलेना, गाकुलेश्वर, रुद्रेश्वर, उदयदेव, विशालपुर धान र गहुँखेतीका पकेट क्षेत्र हुन् भने जिल्लाका सबैजसो स्थानमा मकैखेती गरिन्छ ।

वि.सं.२०७६ मंसिर २३ सोमवार १३:३५ मा प्रकाशित

प्रदेश निर्वाचन सुरक्षा समितिद्वारा सीमा र मतदानस्थलको निरीक्षण

प्रदेश निर्वाचन सुरक्षा समितिद्वारा सीमा र मतदानस्थलको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर) । सुदूरपश्चिम प्रदेश निर्वाचन सुरक्षा समितिले भारतसँग...

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ...

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

कञ्चनपुर । जीर्ण अवस्थामा रहेको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित रामजानकी मन्दिरलाई...

मणिकाधाममा विद्युत् सेवा विस्तार

मणिकाधाममा विद्युत् सेवा विस्तार

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका...

‘प्रजातन्त्र दिवसले दिगो शान्ति र सुशासनको बाटोमा हिँड्न प्रेरणा प्रदान गरोस्’

‘प्रजातन्त्र दिवसले दिगो शान्ति र सुशासनको बाटोमा हिँड्न प्रेरणा प्रदान गरोस्’

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय प्रजातन्त्र दिवसले...

देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा : सभापति लामिछाने

देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा : सभापति लामिछाने

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको मुहार...