back
CTIZAN AD

भारतीयले पानी नछाड्दा प्रदेश नं. २ का ३ जिल्लाहरुमा गहुँ प्रभावित

वि.सं.२०७६ मंसिर २३ सोमवार

693 

shares

२३ मङ्सिर, बारा । भारतीय पक्षले यसपालि गण्डक नहरमा पानी नछाड्ने भएपछि पर्सा, बारा तथा रौतहट जिल्लामा यस वर्ष गहुँ खेती प्रभावित हुने भएको छ । भारतीय पक्षले गण्डक नहरमा गहुँ खेतीका लागि डिसेम्बर तेस्रो साता (पुस १५) भित्र पानी छोडी सक्नुपर्नेमा भारत पश्चिम चम्पारणस्थित १०६ दशमलव ४५ आरडीमा लोकल ड्रेन साइफनको मर्मतसम्भार गर्ने गरेकाले यस वर्ष गहुँ खेतीका लागि गण्डक नहरमा पानी नछोडिने भएको नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय वीरगञ्जले जनाएको छ ।

सो साइफनको मर्मतसम्भार भइरहेकाले भारत पश्चिम चम्पारण रामनगरस्थित दोन शाखाबाट पत्र पठाई यसपालि गहुँ खेतीका लागि गण्डक नहरमा पानी नछाड्ने पत्र प्राप्त भएको जनाउँदै सूचना अधिकारी सुरेशप्रसाद साहले भने, “भारतीय पक्षले धानबालीका लागि गण्डक नहरमा पानी छोड्ने गरे पनि यसपालि गहुँ सिजनमा गण्डक नहरमा पानी नछाड्दा नदी, पोखरी, तलाउ, कुलो र पम्पसेटको सहाराले गहुँ खेती गर्नुपर्ने बाध्यता आइलागेको छ ।”

“मध्य तराईको अन्नको भण्डार मानिने पर्सा, बारा र रौतहट जिल्लाका किसान गण्डक नहरमा यस वर्ष पानी नछाड्दा गहुँ खेती राम्रोसँग गर्न सकिएको छैन”, किसान शेषमन पण्डित भन्छन्, “आकाशे पानीको भरमा थोरै बीउ लगाए पनि पानीको अभावमा पूर्णरुपमा गहुँ खेती गर्न सकिएको छैन ।”

भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछोड्दा कतिपय ठाउँमा साना सिँचाइमार्फत किसानले गहूँ खेती गर्न सम्बन्धित निकायले वैकल्पिक व्यवस्था गर्नुपर्ने जिल्लाका कृषि ज्ञान केन्द्रका प्रमुख डा रामचन्द्र यादवले बताए ।

भारतीय पक्षले नेपालतर्फको ८१ किलोमिटर लामो गण्डक नहरमा वर्षको दुईचोटि पानी छोड्ने गर्छ । गण्डक नहरको चार दशकको लामो इतिहास छ । समयमा नहरमा पानी नछोड्दा पर्सा, बारा तथा रौतहटका ७६ हजार ५०० हेक्टर क्षेत्रफलमा किसानले लगाउने गहुँ खेती यस वर्ष ढिलो हुने तथा प्रभावित हुने किसानको ठम्याइ रहेको छ ।

भारतीय भूमि हुँदै गण्डक नहरको पानी पश्चिमी पर्साको जानकीटोलबाट शुरु भई पर्सा, बारा हुँदै रौतहटको बागमती नदीमा मिसिने गरिन्छ । नेपाल र भारतबीच भएको गण्डक सम्झौताअनुसार भारत सरकारले नेपालतर्फ रहेको गण्डक नहरमा ८५० क्युसेक पानी छोड्नुपर्ने सम्झौता भएको छ ।

उर्वराभूमि, पर्याप्त जनशक्ति र सिँचाइको ठूलो स्रोत हुँदाहुँदै यस वर्ष गहुँ छर्ने याममा गण्डक नहरमा पानी नआउँदा किसान समयमा खेती गर्न नसकिएको हो । सरकारले आर्थिक समृद्धिका लागि कृषिलाई प्राथमिकतामा राखेको भए पनि समयमा गण्डक नहरमा भारतीय पक्षले पानी नछोड्दा किसानलाई मानो रोपेर मुरी फलाउन समस्या भएको किसानको गुनासो छ । (रासस)

वि.सं.२०७६ मंसिर २३ सोमवार १३:५८ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...