back
CTIZAN AD

हेर्नुहोस् कहाँ कहाँ बन्दै छन् त देशभरी फलफूल तथा तरकारीका ठूला बजार ?

वि.सं.२०७६ मंसिर २७ शुक्रवार

918 

shares

२७ मंसिर, काठमाण्डौं । सरकारले देशभरीका ९ स्थानमा ठूला तरकारी बजार निर्माणका लागि डिपीआर तयारी गरेको छ ।
कृषि तथा पशुपंक्षी मन्त्रालयले देशभर आधुनिक तथा सुविधा सम्पन्न फलफूल तथा तरकारी बजार निर्माणको लागि डिपिआर तयार गरेको हो ।

मन्त्रालयमातहतको कृषि यान्त्रिकीकरण प्रवद्र्धन कार्यक्रमबाट देशभरका ९ स्थानमा आधुनिक तरकारी, फलफूल बजार व्यवस्थापनका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको शुक्रबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।

मन्त्रालयले मकवानपुर, सुनसरी, मोरङ, महोत्तरी, पर्सा, कास्की, कपिलवस्तु, बर्दिया र रुपन्देशीमा कुल ६ अर्ब ७५ करोड ७ लाख ४९ हजार रुपैयाँ लागतमा आधुनिक तरकारी बजारको स्थापना गर्न सकिने कार्यक्रमका प्रमुख प्रकाश सञ्जेलले बताएका छन् । सञ्जेलका अनुसार यस्ता तकारी बजारमा कोल्डस्टोर, एटिएम काउन्टर, फोहोर प्रशोधन केन्द्र, फलफूल पकाउने प्रविधिलगायतका सुविधा उपलब्ध हुनेछन् ।

मन्त्रालयले तरकारी बजारका लागि रुपन्देहीको बुटवल (सेमलार) मा अहिले सम्मकै आधुनिक र सुविधा सम्पन्न तरकारी बजार निर्माणकोे अध्ययन गरेको छ । त्यसका लागि २३ विघा ३ कठ्ठा जग्गासमेत भेटिएको बताइएको छ । जसमा सहकारी कार्यालय, जिउँदो माछापसल, क्वारेन्टाइन भवन, मल्टी चेम्बर कोल्ड स्टोर, पेट्रोलपम्प, नाश भएर जाने तरकारी, प्लास्टिकलगायतलाई पुनः प्रयोग गर्न मिल्ने गरी उत्पादन गर्ने प्रशोधन मेसिन जडान, माछा–मासुको स्टल, किसान अक्सन स्टल, होलसेल तथा रिटेलर स्टल, प्रशासनिक भवनलगायत निर्माण हुनेछन् । यसका लागि २ अर्ब २ करोड ४३ लाख ९० हजार रुपैयाँ लागत अनुमान गरिएको छ । यहाँ निर्माण हुने बजार पुग्नका लागि खोला तर्नुपर्ने र खोलाको डिलमा बजार बन्ने अध्ययनमा औँल्याइएको छ ।

सुनसरी :सुनसरीको इटरीमा ८ बिघा क्षेत्रफलमा दोस्रो ठूलो कृषि बजार निर्माणको गुरुयोजना तयार भएको छ । अनुमानित ७९ करोड ९४ लाख ९० हजार रुपैयाँ लागत लाग्ने बताइएको छ ।

मकवानपुर : मकवानपुरको हेटौँडामा २ बिघा जग्गामा अनुमानित ६९ करोड ९६ लाख ९८ हजार रुपैयाँमा कृषि बजार निर्माण गरिने अध्ययनमा जनाइएको छ ।

महोत्तरी : महोत्तरीको बर्दिबासमा ७ बिघा १० कठा क्षेत्रफलमा बन्न लागेको बजारमा तरकारीको होलसेल तथा खुद्रा स्टलका साथै एटिएम काउन्टर, कोल्ड स्टोर, किसानका लागि अलग्गै स्टल तथा दूध र दूधजन्य पदार्थको बिक्रीस्थल राखिनेछ  भने ५९ करोड ८३ लाख १७ हजार रुपैयाँ लागत अनुमान गरिएको छ ।

बर्दिया : बर्दियाको बारबर्दियामा ३ बिघा १९ कठ्ठा क्षेत्रफलमा तरकारी बजार निर्माणको अध्ययन टुंगिएको छ । यहाँ १ हजार मेट्रिकटन तरकारी तथा फलफूल राख्न सक्ने मल्टी चेम्बर कोल्डस्टोर, लगायतका योजनाहरु रहेका छन् । यसको लागत ५३ करोड ५३ लाख २२ हजार रुपैयाँ लाग्ने बताइएको छ ।

कपिलवस्तु:कपिलवस्तुको बाणगंगामा ठूलो तरकारी बजार निर्माणका लागि ३ बिघा १ कठ्ठा जग्गामा अध्ययन भएको छ । यहाँ १ हजार मेट्रिकटन तरकारी तथा फलफूल राख्न मिल्ने मल्टी चेम्बर कोल्डस्टोर, बायोकम्पोस्ट युनिट र तत्कालै बिक्री गर्न नभ्याइने, तर १–२ मात्र तरकारी तथा फलफूल भण्डारणका लागि राख्न मिल्ने सरप्लस कमोडिटी ब्लक निर्माण हुनेछ । त्यसैगरी सवारीसाधनसहित तरकारी, फलफूल तौलिन मिल्ने धर्मकाँटा पनि राखिनेछ । यो पूर्वाधार तयार गर्न ४८ करोड ५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

पर्सा-वीरगन्जको पर्सामा लागि ३ बिघा २६ कठ्ठा क्षेत्रफलमा तरकारी बजार निर्माणको अध्ययन भएको छ । यो पूर्वाधार तयार गर्न ५९ करोड ८३ लाख १७ हजार रुपैयाँ लागत अनुमान गरिएको छ ।

कास्की-कास्कीको पोखरामा रहेको पुरानो तरकारी बजारलाई अत्याधुनिक बनाउने गरी अध्ययन भएको छ । जसमा अन्डरग्राउन्ड पार्किङ, सवारीसाधनसहित तरकारी, फलफूल तौलिन मिल्ने धर्मकाँटा, केरालाई आधुनिक प्रविधिबाट पकाउने राइपेनिङ चेम्बर निर्माण, किसानको अलग्गै स्टल, प्राथमिक उपचार केन्द्रलगायतका सुविधा हुनेछन् यो पूर्वाधार तयार गर्न ५२ करोड ६७ लाख ७० हजार रुपैयाँ लाग्ने बताइएको छ ।

मोरङ –मोरङको रंगेलीमा १ बिघा १८ कठ्ठा जमिनमा तरकारी, फलफूलको होलसेल तथा खुद्रा स्टलका साथै नाश हुने तरकारी, फलफूलका प्रशोधन युनिट, कोल्ड स्टोर, केरालाई आधुनिक प्रविधिबाट पकाउने राइपेनिङ चेम्बर, किसानको अलग्गै स्टललगायका पूर्वाधार तयार हुनेछन् । यसका लागि ४७ करोड २३ लाख ९१ हजार रुपैयाँ लागत अनुमान गरिएको छ ।

वि.सं.२०७६ मंसिर २७ शुक्रवार १२:०९ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...