back
CTIZAN AD

लागुऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ

वि.सं.२०७६ मंसिर २७ शुक्रवार

972 

shares

२७ मसिंर, झापा । झापाको विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका र कमल गाउँपालिकाबाट प्रहरीले खैरो हेरोइनसहित एक÷एक जनालाई पक्राउ गरेको हो ।

बिहीबार बेलुका साढे ६ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ का २२ वर्षीय किशोर गुरुङलाई सतिघट्टा चोकबाट एक ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी प्रहरी चौकी केरखाबाट खटिएको प्रहरी टोलीले इलामको चुलाचुली घर भई हाल झापाको कमल गाउँपालिका–५ मा डेरा गरी बस्दै आएका २६ वर्षीय दीपेश तामाङको कोठाबाट नौ दशमलव २० ग्राम खैरो हेरोइन बरामद गरेको छ । गोप्य सूचनाका आधारमा तामाङको कोठा चेकजाँचका क्रममा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । खैरो हेरोइनसहित तामाङलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यस्तै विराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको १ नं ढाटबाट विराटनगर महानगरपालिका–६ का २९ वर्षीय अनुज खत्री एक ग्राम ६०० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन् । बुधबार अपराह्न ४ बजे भारतको जोगवनीबाट पैदल नेपालतर्फ आउँदै गरेका खत्रीलाई जाँच गर्ने क्रममा निजले लगाएको जम्फरको टोपीमा लुकाइछिपाई ल्याउँदै गरेको खैरो हेरोइन बरामद भएको थियो ।

खत्रीलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा लागुऔषधमा ओसारपसारमा अन्य दुई जनाको समेत संलग्नता रहेको खुल्न आएपछि विराटनगर महानगरपालिका–६ का २६ वर्षीय अयुव आलम र केराबारी गाउँपालिका–१० का ४१ वर्षीय तेजबहादुर लिम्बू समेतलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।रासस

वि.सं.२०७६ मंसिर २७ शुक्रवार १२:११ मा प्रकाशित

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र...

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुर । भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ...

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...