back
CTIZAN AD

थ्री स्टार छाडेर बीबीसीमा अनुबन्धित भए अनिल गुरुङ

वि.सं.२०७६ मंसिर २७ शुक्रवार

1.1K 

shares

२७ मंसिर, काडमाडौँ । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङ ब्रिगेड ब्वाइज क्लब (बीबीसी) मा अनुबन्धित भएका छन् ।

अनिल गुरुङ १५ वर्ष पछि पुनः बीबीसीमा फर्किएका हुन् । पोखराको सहारा क्लबबाट उत्पादित अनिल गुरुङले २०६२ सालमा ब्रिगेड ब्वाइज क्लबबाटै ए डिभिजन लिगको सुरुआत गरेका थिए । उनी थ्री स्टार क्लब हुँदै मनाङ मर्स्याङ्दीमा पुगेका थिए भने गतवर्ष थ्रीस्टारबाट खेलेका थिए ।

बीबीसीले पुर्ब राष्ट्रिय टिम कप्तान गुरुङ सहित बिजय गुरुङ र उत्तम गुरुङलाई अनुबन्ध गरेको छ । बीबीसलेले शुक्रबार पत्रकारसम्मेलनमार्फत यो कुराको जानकारी दिएको हो । शनिबारदेखि दशरथ रंगशालामा सुरु हुने सहिद स्मारक लिगमा बीबिसीले पहिलो खेल नै मच्छिन्द्र क्लबसँग खेल्ने छ ।

एन्फाले सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र बीबीसी भिड्ने भएका छन् । पहिलो दिन एक खेल हुनेछ । दोस्रो दिनबाट दुई दुई खेल हुनेछ ।

पहिलो चरणको खेल तालिका :
मंसिर २८ : मछिन्द्र फुटबल क्लबविरुद्ध बिग्रेड ब्वाईज
मंसिर २९ : संकटा क्लबविरुद्ध च्यासल युथ क्लब
त्रिभुवन आर्मी क्लबविरुद्ध फ्रेन्ड्स क्लब
मंसिर ३० : सरस्वती युथ क्लबविरुद्ध न्युरोड टिम (एनआरटी)
एपीएफ क्लबविरुद्ध मनाङ मर्स्याङ्दी
पुस १ : थ्री स्टार क्लबविरुद्ध जावलाखेल युथ क्लब
नेपाल पुलिसविरुद्ध हिमालयन शेर्पा क्लब

फागुन ३ गते सकिने लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् । जसमा कुल ९१ खेल हुनेछ । हरेक राउण्डमा ७ खेल हुनेछ भने शीर्ष टोलीले उपाधि जित्ने छन् ।

वि.सं.२०७६ मंसिर २७ शुक्रवार १२:२६ मा प्रकाशित

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...