back
CTIZAN AD

एनआरएनएको कार्यसमितिलाई पूर्णता, कसले के जिम्मेवारी पाए त ? हेर्नुहोस् विवरण

वि.सं.२०७६ मंसिर २९ आइतवार

870 

shares

२९ मंसिर, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए )को नयाँ कार्यसमितिले पूर्णता पाएको छ ।

एनआरएनएको शनिबार राति साइवर कन्फ्रेन्समार्फत बसेको कार्यसमितिको बैठकले विभिन्न विभागहरुको जिम्मेवारी बाँडफाँड, २१ जना सदस्यहरु मनोनीत, ५१ जनाको मानार्थ परिषद् गठन गरेर कार्यसमितिलाई पूर्णता दिएको जनाएको छ ।

संघका प्रवक्ता डिवी क्षेत्रीका अनुसार संघको कार्यसमितिमा २१ जना नयाँ सदस्यहरु मनोनित गरिएको छ । मनोनित हुने सदस्यहरुमा युरोप क्षेत्रबाट रामशरण सिम्खडा, भक्त गुरुङ्ग, अनुजा प्रधान, प्रेम पमु र गुणराज शर्मा हुनुहुन्छ । उता अमेरिका क्षेत्रबाट पासाङ्ग शेर्पा, पुरुषोत्तम बोहोरा, डा.हरि दाहाल, डा. विष्णुमाया परियार, यमुना भट्टराई र प्रमोद सिटौला रहेका छन् ।

त्यस्तै, अष्ट्रेलियाक्षेत्रबाट डा. बिनोद श्रेष्ठ, डा. बसुन्धरा भट्टराई र दुर्गा आचार्य तथा मध्यपूर्वबाट नविन पौडेल, यास्मिन वेगम, अब्दुल बसिदलाई चयन गरिएको छ ।

यस्तै, एशिया क्षेत्रबाट नारायण प्रसाद सुवेदी, इन्दिरा सुजुकी, दासुराम पराजुली र शान्ति अधिकारी संघको केन्द्रीय सदस्यमा चयन भएका छन् । बैठकले ५१ जनाको मानार्थ परिषद् गठन समेत गरेको छ ।

त्यसैगरि बैठकले विभिन्न विभागहरुको जिम्मेवारी समेत बाँडफाँड गरेको छ । जसअनुसार एनआरएन लगानी समितिको संयोजकमा अध्यक्ष कुमार पन्त, नेपाल भ्रमण वर्ष २०२० को संयोजकमा निवर्तमान अध्यक्ष भवन भट्ट, वैदेशिक रोजगारी संयोजकमा, डा.बद्री केसी, भुपूगोखा समन्वयन समिति संयोजकमा चन्द्र गुरुङ्गलाई चयन गरेको छ ।

त्यस्तै पर्यटन तथा व्यापार अर्जुन श्रेष्ठ, पर्यटन प्रवर्द्धन सपिला राजभण्डारी, भाषा तथा साहित्य हिक्मत थापा, विदेशमा नेपाली सामान प्रवर्द्धन शिव बरुवाल, एनआरएन नलेज एकेडेमी मन केसी, एनआरएनए एकेडेमी डा.प्रमोद ढकाल, नेपाल विज्ञान फाउण्डेसन् डा. राजु अधिकारी, बालबालिका शिक्षा भूषण घिमिरे, महिला तथा युवा रविना थापा, महिला, स्वास्थ्य रजनी प्रधान र स्पोटर्स एकेडेमी हिमाल गुरुङ्ग, भोकेस्नल शिक्षा राम थापा, मानविय साहयता तथा परोपकार सोनामा लामा, एक एनसीसी एक च्यारीटी रविना थापा, नेपाल लाईब्रेरी परियोजना नरेश कोइराला, रक्त संचार फडिन्द्र पन्त, स्वास्थ्य डा. संजिव सापकोटालाई संयोजक तोकिएको छ ।

बैठकले संस्थाको प्रशासन प्रमुखमा संघका महासचिव डा.हेमराज शर्मालाई जिम्मेवारी दिएको छ । बैठकले स्मार्ट एनआरएनएमा गौरी जोशी, सदस्यता वितरणमा आरके शर्मा, प्रकाशनतर्फ डिबी क्षेत्रीलाई संयोजक तोकेको छ । बैठकले अनुसाशन समितिको संयोजकमा डा. अम्विका अधिकारी, सदस्यहरुमा इन्द्रा बन, डा. देवकाजी डंगोल, सूर्य गुरुङ्ग (युके), र कृष्ण पाण्डेलाई चयन गरेको छ ।

त्यस्तैगरि, विधान संसोधन समितिको संयोजकमा भवानी ओलीलाई संयोजक तोकिएको छ । सदस्यहरुमा विनोद भट्टराई, रविन बज्राचार्य, पुष्प थापा, ओम गुरुङ्गलाई तोकिएको छ ।

नियमावली निमार्ण समितिको संयोजकमा ध्रुव सुवेदी र संघको पोलिसी तथा प्रोसिडर समितिको संयोजकमा रामशरण सिम्खडा, संघको आर्थिक स्थायित्व समिति संयोजकमा महेश श्रेष्ठ, आर्थिक संकलन समितिको संयोजकमा लोक दाहाल र एनआरएनए फाउण्डेशनको संयोजकमा एकनाथ खतिवडालाई चयन गरिएको संघका प्रवक्ता क्षेत्रीले जानकारी दिएका छन् ।

वि.सं.२०७६ मंसिर २९ आइतवार १७:११ मा प्रकाशित

पहाडी र हिमाली भागमा हल्का वर्षाको सम्भावना

पहाडी र हिमाली भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी,...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आज बिहीवार : कुन-कुन राशिलाई कस्तो फल ?

आज बिहीवार : कुन-कुन राशिलाई कस्तो फल ?

मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले,...

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८...

महालक्ष्मी विकास बैंकद्धारा दिगो बैकिङ्ग प्रबद्र्धनको लागि पदयात्रा

महालक्ष्मी विकास बैंकद्धारा दिगो बैकिङ्ग प्रबद्र्धनको लागि पदयात्रा

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...