back
CTIZAN AD

भ्रमण वर्ष २०२० को प्रारम्भसँगै निगमले जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरु गर्ने

वि.सं.२०७६ मंसिर २९ आइतवार

624 

shares

२९ मंसिर, काठमाण्डौं । नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरु गर्ने भएको छ ।

निगमको यही मङ्सिर २६ गतेको कार्यकारी समितिको बैठकले हाल उडान गरिरहेको दुई अन्तरराष्ट्रिय गन्तव्यका अतिरिक्त थप दुई गन्तव्यमा उडान शुरु गर्ने निर्णय गरेको हो । दुई सातापछि नेपाल भ्रमण वर्ष शुरु हुँदैछ । दशरथ रङ्गशालामा आगामी जनवरी १ (पुस १६ गते) ४० भन्दा बढी देशका पर्यटनमन्त्री र विशिष्ट पाहुनाको उपस्थितिमा भ्रमण वर्षको भव्य शुभारम्मको तयारी भइरहेको छ । भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ प्रवद्र्धनात्मक काम भइरहेको छ । भ्रमण वर्षमा निगमको गन्तव्य विस्तारले सहयोग पुग्ने विश्वास लिइएको छ ।

जापानको नारिता मार्च पहिलो साता र चीनको ग्वाङ्जाओ मार्च दोस्रो सातादेखि उडान गर्ने निगमले आज विज्ञप्तिमार्फत जनाएको हो । यी उडान थपिएपछि पर्यटक सङ्ख्यामा उल्लेखनीय वृद्धि हुनाका साथै पर्यटन क्षेत्रमा राम्रो प्रभाव पर्नेे कम्पनीले अपेक्षा गरेको छ ।
निगमले गत भदौ १२ गतेदेखि जापानकै ओसाका कन्साई अन्तरराष्ट्रिय विमानस्थलमा शुरुमा सातामा तीन र पछि सातामा दुई नियमित उडान भर्दै आएको छ । यात्रुको ‘अकुपेन्सी’ बढ्न नसकेपछि भने निगमले जापानको राजधानी टोकियो नजीकको नारिता अन्तरराष्ट्रिय विमानस्थलमा उडान पहलकदमी गरेको थियो । नेपाली समुदायको बाक्लो उपस्थिति तथा अन्य मुलुकबाट समेत पर्यटकलाई सहज हुने भएकाले नारिता उडानलाई निगमले विशेष प्राथमिकता दिएको छ । यो गन्तव्यमा निगमले वाइड बडी ए ३३०–२०० जहाजमार्फत चार्टर्ड उडान गर्दै आएको छ । नारितामा साताको तीन दिन उडान गर्ने निगमको तयारी छ ।

त्यस्तै लामो समयको प्रयासपछि निगमको ग्वाङ्जाओ उडान गत मङ्सिर दोस्रो साता निश्चित भएकोे थियो । सन् २०२० मार्चको दोस्रो सातादेखि ग्वाङ्जाओ सीधा उडान गर्ने तयारी गरिएको निगमले उल्लेख गरेको छ । उक्त प्रयोजनका निम्ति सबै प्राविधिक तयारी पूरा भइसकेको छ । यो गन्तव्यमा पनि निगमले सातामा तीन दिन उडान भर्नेछ ।
चिनियाँ सिभिल एभिएशनले निगमको जहाज ग्वाङ्जाओ उडानका लागि स्वीकृति दिइसकेको छ । चिनियाँ एभिएशनले राखेको सुरक्षा चासोको सम्बोधन भएपछि निगमलाई उडानको अनुमति दिइएको थियो । चीनको राजधानी बेइजिङ, साङ्घाईलगायत गन्तव्यमा उडान विस्तारका लागि पहल भइरहेको बताइएको छ ।

निगमका दुई अन्तररष्ट्रिय गन्तव्यमा उडान थपिएपछि ए३२० न्यारो बडी र ए३३० वाइड बडीको उडान घण्टामा वृद्धि भई पूर्ण उपयोगमा आउने छन् । यसपछि निगमको अन्तरराष्ट्रिय गन्तव्यमा जापानको नारिता, चीनको ग्वाङ्जाओे, भारतको नयाँ दिल्ली, बङ्लोर, मुम्बई, बैंकक, मलेसिया, दुबई, दोहा र हङकङ गरी अन्तरराष्ट्रियस्तरमा १० गन्तव्य हुनेछन् ।

साउदी अरेबिया र दक्षिण कोरिया उडान
निगमले उडान गन्तव्य विस्तार गर्नेक्रममा अब साउदी अरेबियाको रियाद र दक्षिण कोरियाको सिओल गन्तव्यमा उडानका लागि आन्तरिक तयारी गरिरहेको छ । यी दुवै गन्तव्यमा एकदुई दिनभित्रै टुङ्गो लाग्ने जनाइएको छ । अहिले आन्तरिक पहलकदमी भइरहेको निगम वाणिज्य विभागले जनाएको छ । नेपाली समुदायको बाक्लो उपस्थिति रहेका दुवै गन्तव्यमा उडान गर्दा निगमको व्यापार प्रवद्र्धनमा टेवा पुग्ने बताइएको छ ।

निगमले धमाधम गन्तव्य विस्तार गरिरहे पनि जहाजको क्षमता बढाउन सकेको छैन । गन्तव्य थपिँदै गर्दा जहाज अपुग हुने निगमका अधिकारी बताउँछन् । अन्तरराष्ट्रिय उडानका लागि निगमसँग हाल दुई ए ३२० न्यारो बडी र दुई ए३३० वाइड बडी जहाज छन् । निगमले उक्त जहाजको उडान घण्टाका आधारमा अन्य गन्तव्य विस्तारका दिशामा जवाफदेहितापूर्ण र उच्च सक्रियताका साथ क्रियाशील हुने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

वि.सं.२०७६ मंसिर २९ आइतवार १६:५८ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...